Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को उद्घाटन
अ+ अ-

काठमाडौँ- प्रधामन्त्री केपी शर्मा ओलीले ललितपुरको सातदोवाटोस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अन्तर्राष्ट्रिय खेलकुद परिसरमा निर्माण गरेको  ‘नेसनल हाइ पर्फमेन्स सेन्टर’को बिहीबार उद्घाटन गर्नुभएको छ ।

राखेपले खेलाडीलाई नियमित रुपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको रुपमा नेसनल हाइ पर्फमेन्स सेन्टरको स्थापना गरेको हो ।

सेन्टरमा एकै पटक एक सयभन्दा बढि खेलाडीले अभ्यास गर्न सक्नेछन् । सेन्टरमा खेलकुद क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक प्रविधिसहितको ३१ उपकरण राखिएको छ ।

अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरियालगायतका देशबाट ल्याईएको हो । उपकरणहरुमा एक्स बडी मशिन, फोर्स फ्रेम, फोर्स डेस्क, एसभीटी मशिन, ईएमजी इक्विपमेन्ट, ल्याक्टिक एसिड एनालाइजर, बीएफआर इक्विपमेन्ट, डाइनामो इक्विपमेन्ट, ह्युमन ट्र्याक इक्विपमेन्ट, भीओटु म्याक्स इक्विपमेन्ट, टाइमिङ गेट इक्विपमेन्टलगायत रहेका छन् ।

उक्त उपकरणले खेलाडीमा देखिएको समस्या र कमीकमजोरी पत्ता लगाउन सहयोग पुग्ने राखेपको विश्वास छ । उद्घाटन अवसरमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्य सचिव टंकलाल घिसिङलगायतको उपस्थिति रहेको थियो ।

2