Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

सर्लाहीमा दसैँका बेला ग्यास अभाव नहुने

सर्लाहीमा दसैँका बेला ग्यास अभाव नहुने
A A+ A-

सर्लाही। सर्लाहीमा दसैँको समयमा खाना पकाउने ग्यासको अभाव नहुने व्यवसायीले बताएका छन्। ग्यास विक्रेता सङ्घ सर्लाहीका अनुसार उपभोक्ताले सहज रूपमा ग्यास पाइरहेका छन्।

सङ्घका जिल्ला अध्यक्ष एवं बरहथवाका ग्यास विक्रेता लालबाबु महतोले कम्पनीबाट नियमित रूपमा ग्यास आपूर्ति भइरहेकाले समस्या नरहेको जानकारी दिए।

महतोका अनुसार धेरैजसो बिक्रेताले खाली सिलिन्डर लिएर आउने उपभोक्तालाई तुरुन्तै भरिएको सिलिन्डर उपलब्ध गराउँदै आएका छन्।

उनले भने, “ग्यासको पूर्ण रूपमा अभाव टरिसकेको त छैन तर पनि दसैँका बेला अभाव नै भएको अवस्था भने होइन।” सर्लाहीमा मासिक करिब ७० हजार ग्यास सिलिन्डर खपत हुने गरेको छ। स्थानीय उपभोक्ता राजन पोखरेलले एक-डेढ महिनाअघिको जस्तो ग्यासका लागि मरिहत्ते गर्नुपर्ने अवस्था नरहेको बताए।

उहाँका अनुसार धेरै उपभोक्ताले अभावका बेला सिलिन्डर स्टक गरिसकेकाले अहिले बजारमा अवस्था सामान्य बनेको छ। पोखरेलले भने, “ग्यासका लागि कुदाकुद र मारामार छैन।” जिल्ला प्रशासन कार्यालयले पनि बजारमा ग्यासको सहजता बढेको जनाएको छ।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले भन्नुभयो, “ग्यासको अभाव टर्दै गइरहेको छ। हामीकहाँ पनि पहिले जस्तो गुनासो आएको छैन।”

होटेल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशका कोषाध्यक्ष वैकुण्ठ सापकोटाले पनि व्यवसायीहरूले हाल ग्यासको अभाव झेल्नु नपरेको पुष्टि गरे।

2