काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
बैंकले तोकेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
यस्तै, युरो एकको खरिददर १६९ रुपैयाँ ९० पैसा र बिक्रीदर १७० रुपैयाँ ५७ पैसा तोकिएको छ। बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ २ पैसा र बिक्रीदर २०२ रुपैयाँ ८२ पैसा रहेको छ।
राष्ट्र बैंकका अनुसार अन्य मुद्राहरूको बिक्रीदर यस प्रकार छ: स्विस फ्र्याङ्क १८४ रुपैयाँ ४३ पैसा, अस्ट्रेलियन डलर १०६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर १०७ रुपैयाँ ९८ पैसा र सिंगापुर डलर ११८ रुपैयाँ ९३ पैसा कायम गरिएको छ।
खाडी मुलुकका मुद्राहरूमध्ये साउदी रियालको बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, कतारी रियालको ४१ रुपैयाँ ७५ पैसा, यूएई दिरामको ४१ रुपैयाँ ४३ पैसा र मलेसियन रिंगिटको ३७ रुपैयाँ २८ पैसा तोकिएको छ। कुवेती दिनारको बिक्रीदर ४९४ रुपैयाँ १२ पैसा, बहराइन दिनारको ४०३ रुपैयाँ ५ पैसा र ओमानी रियालको ३९५ रुपैयाँ २९ पैसा रहेको छ।
त्यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
