Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व
A A+ A-

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व संकलन हुने गरेको छ ।

विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आवमा रु २१ करोड ६९ लाख ९७ हजार ५०० संकलन भएको थियो । उपल्लो मुस्ताङमा १० दिनको भ्रमण अनुमति लिएका १८ सय ५५ पर्यटकबाट प्रतिव्यक्ति ५०० डलर र एकदिन भ्रमण गरेका २५ सय ६९ पर्यटकबाट प्रतिव्यक्ति ५० डलर संकलन भएको आयोजनाका प्रमुख डा. रविन कडरियाले जानकारी दिए।

त्यस्तै सात दिनको भ्रमण अनुमति लिएर मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका १३ सय ३८ जना पर्यटकबाट प्रतिव्यक्ति सय डलरका दरले प्रवेश शुल्क उठेको हो । निषेधित क्षेत्र प्रवेशको शुल्क अध्यागमन कार्यालयमार्फत संकलन हुने गरेको छ । अध्यागमन कार्यालयमार्फत उठ्ने निषेधित क्षेत्रको प्रवेश शुल्क संघ सरकारको राजस्वमा जाने गरेको आयोजना प्रमुख डा. कडरियाले बताए।

निषेधित क्षेत्रको भ्रमण गरेका विदेशी पर्यटकबाट प्रवेश शुल्कबापत आव २०८१/०८२ मा रु ३० करोड १७ लाख ५२ हजार, आव २०८०/०८१ मा २३ करोड ८९ लाख ६६ हजार राजस्व संकल भएको थियो । सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका छन् । निषेधित क्षेत्रबाहेक अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गरेका विदेशी पर्यटकबाट गत आवमा रु ६७ करोड ७५ लाख ९० हजार ९८६ राजस्व संकलन भएको आयोजना प्रमुख डा. कडरियाले जानकारी दिए।

आयोजना कार्यालयले दक्षिण एसियाली मुलुकका पर्यटकबाट रु एक हजार र अन्य मुलुकका पर्यटकबाट रु तीन हजार (भ्याटसहित) प्रवेश शुल्क लिने गरेको छ । गत आवमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक यस क्षेत्रमा भित्रिएपछि प्रवेश शुल्कबाट हुने आम्दानी पनि बढेको हो ।

गत आवमा दक्षिण एसियाली मुलुकका तीन लाख ८४ हजार १४५ र अन्य मुलुकका एक लाख २४ हजार ३३१ रहेका छन् गरी कूल पाँच लाख आठ हजार ४७६ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए ।

तीमध्ये सबैभन्दा बढी तीन लाख ७५ हजार ७९७ भारतीय पर्यटक थिए । पर्यटक सङ्ख्यासँगै पर्यटक शुल्कबाट उठ्ने रकम पनि गत आवमा अहिलेसम्मकै सबैभन्दा धेरै संकलन भएको हो । आव २०८१/०८२ मा पर्यटकको प्रवेश शुल्कबापत जम्मा रु ४६ करोड ४८ लाख ८१ हजार ४८४ संकलन भएको थियो ।

आव २०८०/०८१ मा रु ३८ करोड ९४ लाख ६१ हजार ४८३ पर्यटक शुल्क उठेको थियो । पर्यटक शुल्कलगायतबाट हुने आम्दानी संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च हुने गरेको आयोजना कार्यालयले जनाएको छ ।

2