Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

एकै दिन सर्वाधिक पुँजीगत खर्च

एकै दिन सर्वाधिक पुँजीगत खर्च
अ+ अ-

काठमाडौँ- सरकारको भुक्तानी रोक्का हुने अन्तिम दिन अर्थात् चालु आर्थिक वर्षको असार २५ गते एकै दिन सर्वाधिक पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त दिन मात्रै २१ अर्ब ७३ करोड रुपियाँ खर्च भएको छ जुन चालु आव २०८१/८२ कै सर्वाधिक हो । विगतका वर्षका तुलनामा पनि यस्तो खर्च सबैभन्दा उच्च देखिन्छ ।

कार्यालयका अनुसार २०८२ असार २४ गतेसम्म पुँजीगत शीर्षकमा एक खर्ब ८६ अर्ब ६१ करोड रुपियाँ खर्च गरेको सरकारले भुक्तानीको अन्तिम दिन भने खर्च बढाएर दुई खर्ब आठ अर्ब २४ करोड रुपियाँ पु¥याएको छ । यससँगै चालु आवमा पुँजीगत खर्च सुरु लक्ष्यको तुलनामा ५९.१३ प्रतिशत मात्र भएको छ ।

सरकारले चालु आवका लागि तीन खर्ब ५२ अर्ब ३५ करोड रुपियाँ पुँजीगत खर्च गर्ने सुरु लक्ष्य राखेको थियो । यद्यपि अर्धवार्षिक समीक्षामार्फत यस्तो लक्ष्य अर्थ मन्त्रालयले संशोधन गरेको थियो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को व्यवस्था अनुसार आव सकिन एक साताअघि नै सरकारले सञ्चालन गर्ने खाता रोक्का हुने व्यवस्था छ । उक्त व्यवस्था अनुसार एक साताअगाडि नै सरकारको भुक्तानी निकासा बन्द हुन्छ । विशेष व्यवस्थामा बाहेक बिहीबारदेखि जारी हुने सरकारी चेक मान्य हुँदैन ।

सरकारी खर्च पन्ध्र खर्ब नाघ्यो

चालु आव सकिन एक हप्ता बाँकी रहँदा सरकारले सुरु विनियोजनको तुलनामा करिब ८१ प्रतिशत खर्च गरेको छ । कार्यालयका अनुसार बुधबारसम्म सरकारले १५ खर्ब पाँच अर्ब रुपियाँ खर्च गरेको छ । चालु वर्ष सरकारले १८ खर्ब ६० अर्ब रुपियाँ खर्च गर्ने सुरु लक्ष्य राखेको थियो । गत वर्षको तुलनामा सरकारको खर्च करिब डेढ खर्ब रुपियाँले बढेको छ ।

गत आवको सोही अवधिसम्म सरकारले १३ खर्ब ५६ अर्ब रुपियाँ खर्च गरेको थियो जुन सुरु लक्ष्यको तुलनामा ७७.४४ प्रतिशत मात्र हो ।

चालु आवको कुल खर्चमध्ये सरकारले सबैभन्दा धेरै चालुतर्फ नौ खर्ब ७८ अर्ब ९४ करोड रुपियाँ खर्च गरेको जुन सुरु लक्ष्यको तुलनामा ८५.८२ प्रतिशत हुन आउँछ । त्यस्तै ऋणको साँवा र सार्वजनिक संस्थामा लगानीका लागि छुट्याइने वित्तीय व्यवस्थातर्फ सरकारले तीन खर्ब १७ अर्ब ९० करोड रुपियाँ खर्च गरेको छ, जुन लक्ष्यको ८६.५६ प्रतिशत हुन आउँछ ।

राजस्व एक खर्ब बढ्यो

सरकारी राजस्वमा चालु आवमा उल्लेख्य सुधार आएको छ । बुधबारसम्म सरकारले कुल नौ खर्ब ८९ अर्ब ९६ करोड रुपियाँ राजस्व सङ्कलन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा एक खर्ब आठ अर्ब रुपियाँले बढी हो । चालु आवको लक्ष्यको तुलनामा भने यो ७० प्रतिशत मात्रै सङ्कलन हो ।

कुल राजस्वमध्ये आठ खर्ब ८८ अर्ब ५३ करोड रुपियाँ कर राजस्व र एक खर्ब एक अर्ब रुपियाँ गैरकर राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्क छ ।

2