Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे

युक्रेनले भन्याे- स्टारलिङ्क सेवामा पुनः सुधार आयाे
A A+ A-

किएभ। युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल स्टारलिङ्कको सम्पर्क युक्रेनमा पुनः स्थिर भएको जनाएको छ ।

स्टारलिङ्क सेवाको विषयलाई लिएर केही दिनयता वासिङ्टनसँग तनाव बढिरहेका बेला युक्रेन सरकारको यस्तो भनाइ आएको हो ।

रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणबाट आफ्नो रक्षा गर्न सङ्घर्ष गरिरहेको युक्रेनले नागरिक प्रयोजनको स्टारलिङ्क स्याटेलाइट सञ्चार प्रणालीका साथै सैन्य प्रयोजनको स्टारशिल्ड संस्करणमा निर्भर रहँदै आएको छ ।

रक्षामन्त्री येभगेनी खमाराले एक विज्ञप्तिमा निगरानी प्रणालीहरूले स्टारलिङ्क र स्टारशिल्डको गति सुधार भएको देखाएको बताए । उनका अनुसार, यी प्रणालीमा प्रतिघण्टा ४०० किलोमिटरभन्दा बढी गति रेकर्ड गरिएको छ र सम्पर्क स्थिर भएको छ ।

उनले यो उपलब्धि विशेषगरी अग्रपङ्क्तिमा रहेका सैनिक, ड्रोन सञ्चालन, रसद व्यवस्थापन तथा सञ्चारका लागि महत्वपूर्ण रहेको बताए । स्टारलिङ्क सञ्जाल युक्रेन र अमेरिकाबीचको विवादको केन्द्रमा रहँदै आएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वासिङ्टनले रुसलाई सहयोग गरेको आरोप लगाएका छन् । उनका अनुसार, रुसी क्षेप्यास्त्र आक्रमणबारे किएभलाई पूर्वसूचना नदिनु र स्टारलिङ्कको गति सीमित पार्नुले युक्रेनको सैन्य प्रतिकार्य कमजोर भएको छ ।

रक्षामन्त्री खमाराले यस विषयमा राष्ट्रपति जेलेन्स्कीले लिएको ‘दृढ अडान’ को प्रशंसा गर्दै त्यसको सकारात्मक नतिजा देखिन थालेको बताए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार किएभलाई सञ्चार प्रणालीमा समस्या भइरहेको भए स्पेसएक्सका प्रमुख तथा प्रविधि उद्यमी एलन मस्कसँग कुरा गर्ने बताएका थिए । यसअघि बिहीबार नै ट्रम्पले मस्कले स्टारलिङ्कमा पहुँच पुनःस्थापित गरिसकेको बताएका थिए ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता मस्कले युक्रेनप्रतिको आफ्नो धारणा पटक–पटक परिवर्तन गर्दै आएका थिए । यद्यपि, उनले सञ्चार सेवामा आएका अवरोधका लागि स्पेसएक्स जिम्मेवार नभएको र त्यसको जिम्मेवारी अमेरिकी सरकारको भएको दाबी गर्दै आएका छन् । -एएफपी

2