Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला

तामाङ सम्पदा र रुविभ्याली पदमार्ग खुला
A A+ A-

रसुवा। रसुवामा अवस्थित तामाङ सम्पदा पदमार्ग र धादिङमा अवस्थित रुविभ्याली पदमार्ग पर्यटकका लागि खुला भएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट क्षति पुगेको पदमार्ग स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा अस्थायी फड्के पुल निर्माण भएसँगै पर्यटकका लागि खुला भएको हो।

रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले भोटेकोशी बाढीले क्षति पुगेको स्याफ्रुबेँसीमा आवतजावतका लागि अस्थायी पुल निर्माण भएसँगै पर्यटकका लागि उक्त पदमार्ग खुला भएको जानकारी दिए।

उक्त पदमार्ग भएर वार्षिक एक हजारको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आवतजावत गर्दै आएका छन्। तिब्बती प्रभाव र परम्पराले भरिपूर्ण तामाङ समुदायको जीवनशैली, ढुङ्गाले कुँदिएका घर तथा काठका झ्यालहरू, गुम्बा, मानेलगायतको अवलोकन गर्न मिल्ने उक्त पदमार्गमा सातदेखि १० दिनसम्म पदयात्रा गर्न सकिनेछ। उक्त पदमार्गमा आमाछोदिङ गाउँपालिकाको स्याफ्रुबेँसी, बाहुनडाँडा, गोल्जुङ, गत्लाङ हुँदै पार्वतीकुण्ड पुग्न सकिन्छ।

उक्त पदमार्गबाट गणेश हिमाल, लाङ्टाङ हिमशृङ्खला तथा चिनियाँ सिमानाको मनोरम दृश्य हेर्न सकिने रसुवा–नुवाकोट पर्यटन समाजका सचिव दिनेश तामाङ फुलुङले जानकारी दिए।

उक्त पदमार्ग भएर धादिङको सुन्दर उपत्यका रुविभ्यालीसमेत जान सकिन्छ। धादिङका पर्यटन व्यवसायी राकेश धमलाले रसुवाको स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमा अस्थायी फड्के पुल निर्माण भएसँगै रसुवाको तामाङ सम्पदा पदमार्गसँगै धादिङको रुविभ्याली पदमार्गसमेत खुला भएको जानकारी दिए।

तामाङ सम्पदा पदमार्ग भएर पदयात्रा गर्ने पर्यटक धादिङको रुविभ्याली गाउँपालिका अन्तर्गत सोम्ताङ, पाङ्साङपास, गणेश हिमालमा रहेको सेतोदह, कालोदह हुँदै धादिङको गङ्गाजमुना र गोरखाको मनास्लु जाने गरेका छन्।

गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट अवरुद्ध भएको मनास्लु लार्केपास क्षेत्रसमेत पर्यटकका लागि खुला भइसकेकाले उक्त क्षेत्रमा पदयात्रा गर्न सकिनेछ। धादिङको रुविभ्याली पदमार्गमा वार्षिक ४०० देखि ५०० को हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक जाने गरेका छन्।

भोटेकोशी बाढीबाट प्रभावित पर्यटकीय गन्तव्य लाङ्टाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्र पदयात्राका लागि यसअघि नै पदयात्राका लागि खुला भइसकेका छन्। गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षतिग्रस्त बनाएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक पदमार्ग उपलब्ध भएको ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)ले जनाएको छ।

पहिलो विकल्पअनुसार काठमाडौं हुँदै त्रिशूली र बेत्रावतीबाट धुन्चे वा ठूलोस्याफ्रु पुगेर बम्बु, लामाहोटेल, लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिनेछ। यसैगरी, दोस्रो विकल्पमा काठमाडौं–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड–ठूलोस्याफ्रु–बम्बु–लामा होटल–लाङटाङ हुँदै क्यान्जिन पुग्न सकिने टानले जनाएको छ।

टानले पदयात्री, पर्यटक तथा सम्बन्धित पर्यटन व्यवसायीलाई यात्रा सुरु गर्नुअघि पदमार्गको पछिल्लो अवस्था बुझ्न र आवश्यक सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ।

2