Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

जुम्लामा लोप हुँदै रैथाने बाली

जुम्लामा लोप हुँदै रैथाने बाली
Marsi Rice, Tatopani, Jumla. Photo:Prakash Chandra Timilsena/Nepal Photo Library
A A+ A-

सिँजा। जुम्लामा परम्परागत रूपमा खेती गरिँदै आएका रैथाने बालीहरू पछिल्लो समय सङ्कटमा परेका छन्।

चिनो, कागुनो, फापर, कोदो र तिलखुरो जस्ता स्थानीय अन्नबालीप्रति किसानको आकर्षण घट्दै जाँदा तिनको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ।

पातारासी गाउँपालिका-६, घोडेसिनकी ६४ वर्षीया चुक्की महताराका अनुसार पहिले खेतबारीमा प्रशस्त मात्रामा लगाइने यी बालीहरू अहिले लोप हुने अवस्थामा पुगेका छन्। उहाँले लामो समयदेखि गर्दै आएको रैथाने बालीको खेती पछिल्ला वर्षहरूमा निकै घटेको बताउनुभयो।

त्यस्तै चन्दननाथ नगरपालिका-८ की ६७ वर्षीया प्याउरी थापाको अनुभवमा दुई दशकअघिको तुलनामा अहिले उत्पादनमा भारी गिरावट आएको छ। उहाँले भन्नुभयो, “पहिले चिनोकै भात खाइन्थ्यो। अहिले बजारको चामल सहजै गाउँमा आउँछ।” उहाँका अनुसार आयातित चामलको सहज उपलब्धताले स्थानीय अन्न खाने र खेती गर्ने परम्परा दुवै कमजोर भएको छ। थापाले अहिले व्यावसायिक रूपमा नभई बिउ जोगाउने उद्देश्यले मात्रै सीमित मात्रामा चिनो खेती गर्दै आउनुभएको छ। उहाँले कागुनो र फापरका पुराना बिउ पाउनसमेत मुस्किल पर्न थालेको बताउनुभयो।

कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा दुई सय हेक्टर क्षेत्रफलमा चिनो खेतीबाट २५० मेट्रिक टन उत्पादन भएको थियो।

सोही अवधिमा १३ हेक्टरमा कागुनो खेतीबाट १३ मेट्रिक टन, तीन हजार हेक्टरमा कोदो खेतीबाट चार हजार ५० मेट्रिक टन र ८७ हेक्टरमा फापर खेतीबाट ९६ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ। कार्यालयको तथ्याङ्कले खेतीको निरन्तरता कमजोर हुँदै गएको, बिउ संरक्षण गर्ने किसान घट्दै गएको र उत्पादनका लागि बजारको सुनिश्चितता नभएको सङ्केत गर्छ।

2