काठमाडौं: सामसङ नेपालले चाडपर्वलाई लक्षित गर्दै आफ्नो नयाँ स्मार्टफोन ‘ग्यालेक्सी ए-१७ फाइभ जी’ मा विशेष किस्ताबन्दी सुविधा सार्वजनिक गरेको छ। कम्पनीले २४ महिनासम्मको सहज ईएमआई (किस्ताबन्दी) योजनामार्फत ग्राहकहरूलाई यो फोन उपलब्ध गराउने जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकहरूले न्यूनतम मासिक १,२२१ रुपैयाँ किस्ता तिरेर फोन खरिद गर्न सक्नेछन्। कम्पनीले ग्राहकहरूलाई एकैपटक धेरै रकम खर्च नगरी नयाँ प्रविधिको फोन प्रयोग गर्ने अवसर प्रदान गर्न यो सुविधा ल्याएको हो।
यसका साथै, ग्राहकहरूले पुरानो स्मार्टफोन साटेर नयाँ खरिद गर्दा ३,००० रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। यस्तो सुविधाले गर्दा फोन खरिद गर्दा सुरुमा बुझाउनुपर्ने डाउन पेमेन्ट शून्य प्रतिशतसम्म हुन सक्ने कम्पनीको भनाइ छ।
नेपाली बजारमा उपलब्ध ग्यालेक्सी ए-१७ फाइभ जीको मूल्य र किस्ता विवरण यस प्रकार छन्: ६ जिबी र्याम र १२८ जिबी स्टोरेज भेरिएन्टको मूल्य ४४,९९९ रुपैयाँ रहेको छ, जसको मासिक किस्ता १,२२१ रुपैयाँ पर्दछ। ८ जिबी र्याम र १२८ जिबी स्टोरेजको मूल्य ४८,९९९ रुपैयाँ छ, जसमा मासिक १,३३० रुपैयाँ किस्ता लाग्छ। त्यस्तै, ८ जिबी र्याम र २५६ जिबी स्टोरेज भेरिएन्टको मूल्य ५६,९९९ रुपैयाँ तोकिएको छ, जसको मासिक किस्ता १,५४७ रुपैयाँ कायम गरिएको छ।
यस योजनाका बारेमा थप जानकारी लिन इच्छुक ग्राहकहरूले देशभर रहेका सामसङका आधिकारिक बिक्री केन्द्र तथा स्टोरहरूमा सम्पर्क गर्न सक्नेछन्।

