Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा
A A+ A-

बाँके। राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरका अनुसार कुनै समय गाउँभरि खसीबाख्राका बथान देखिने गरे पनि अहिले १०० वटा बाख्रा पुर्‍याउनसमेत मुस्किल छ। कोहलपुर–७ वनखेतका युवराज गिरी पनि दाना र घाँसको महँगी तथा चरन क्षेत्रको अभावका कारण व्यवसायलाई निरन्तरता दिने कि छाड्ने भन्ने दोधारमा छन्।

सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका सदस्य महेन्द्र शाहीका अनुसार राष्ट्रिय वन क्षेत्रमा बाघ र चितुवाजस्ता वन्यजन्तुको जोखिमका कारण किसान पशु चराउन जान डराउँछन्। सामुदायिक वनमा चरिचरण र वन प्रवेशमा लगाइएको प्रतिबन्धले पनि किसानले परम्परागत चरन क्षेत्र गुमाएका छन्।

चरन क्षेत्रको अभावमा किसान घरमै घाँसखेती गर्न वा बजारबाट महँगो दाना खरिद गरेर पशुलाई खुवाउन बाध्य छन्। यसले विशेषगरी साना तथा मध्यम किसानको लागत बढाएको छ।

‘वन संरक्षणका लागि चरिचरण नियन्त्रण आवश्यक छ भने त्यसबाट प्रभावित किसानका लागि वैकल्पिक चरन र घाँसको व्यवस्था कसले गरिदिने ?’ किसान पुनले प्रश्न गरे।

भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बाँकेका सूचना अधिकारी भोजबहादुर रावलका अनुसार पशुपालक किसानको मेहनतले बाँके मासुमा आत्मनिर्भर बनेको छ। बाख्रापालन व्यवसाय सङ्कटमा पर्दा मासु उत्पादनमा समेत असर पर्ने उनले बताए।

मानव–वन्यजन्तु द्वन्द्व घटाउन र किसानलाई राहत दिन केही क्षेत्रमा वैकल्पिक कार्यक्रम सञ्चालन गरिएको छ। मध्यवर्ती क्षेत्रका बासिन्दाले सामुदायिक वनका खाली जमिनमा घाँस रोप्ने प्रयास गरेका छन्। त्यस्तै, राप्तीसोनारी र कम्दी जैविक मार्ग क्षेत्रमा पशुधनलाई वन्यजन्तुबाट जोगाउन १९१ वटा सुरक्षित गोठ निर्माण गरिएको छ।

2