Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

धान भित्र्याउने कामदार नपाउँदा सर्लाहीका किसान मर्कामा

धान भित्र्याउने कामदार नपाउँदा सर्लाहीका किसान मर्कामा
फाइल तस्बिर
A A+ A-

सर्लाही: जिल्लाको उत्तरी भेगमा धान पाकेर पहेँलपुर भए पनि कामदारको अभावमा किसानहरू बाली भित्र्याउन समस्यामा परेका छन्। दसैँको समयमा धान काट्ने, थ्रेसर लगाउने र भकारीमा थन्काउने चटारोमा रहेका किसानहरू कामदार नपाएपछि हैरान भएका हुन्।

घारिबथान, परवानीपुर, रानिगन्ज, जब्दी, लालबन्दी, नवलपुर, जानकीनगर, घुर्कौली र कर्मैयालगायतका क्षेत्रका किसानहरू बढी प्रभावित भएका छन्। लालबन्दी नगरपालिका-१६ का किसान भरतप्रसाद गौतमले खेतमा धान पाकिसके पनि कामदार पाउन मुस्किल भएको बताउनुभयो। उहाँले भन्नुभयो, “किसानलाई यो साल दसैँभन्दा त पाकेको धान कसरी भित्र्याउने भन्ने चिन्ता बढी रह्यो।”

दक्षिणबाट केही कामदार आए पनि पर्याप्त नभएपछि स्थानीयहरू आफन्त र दसैँ मनाउन आएकाहरूसँग मिलेर धान काटिरहेका छन्। मौसम पूर्वानुमान महाशाखाले कात्तिक ११ गतेदेखि वर्षा हुने प्रक्षेपण गरेपछि किसानहरू थप चिन्तित बनेका छन्। कतिपय स्थानमा किराले धानको बाला काट्न थालेपछि बाली जोगाउन हतारो भएको ईश्वरपुर नगरपालिका-१२ का किसान रामजी थापाले बताउनुभयो। उहाँले भन्नुभयो, “गाउँघरमा काम गर्ने मान्छे नै कम छन्। दक्षिणी बेल्टबाट आएका थोरै कामदार तानातान भइरहेको छ।”

कृषि ज्ञान केन्द्र सर्लाहीका अनुसार जिल्लाभर ४१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएकोमा आधाउधी भित्र्याउने बेला भएको छ। कार्यालयका प्रमुख कमलदेवप्रसाद कुशवाहाले वैदेशिक रोजगारीका कारण कृषि क्षेत्रमा कामदारको अभाव बढ्नु चिन्ताजनक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “एकातर्फ सम्पूर्ण किसानको पहुँचमा आधुनिक कृषि उपकरण पुग्न सकेको छैन, अर्कोतर्फ कामदार अभाव चिन्ताजनक विषय बन्दैगएको छ।”

2