Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो

नेप्से परिसूचक ३४ अङ्कले बढ्यो
A A+ A-

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४६ अङ्कले बढेर दुई हजार ७६० दशमलव १७ को बिन्दुमा कायम भएको छ। यो एक दशमलव २६ प्रतिशतको वृद्धि हो। आज ३१७ कम्पनीको दुई करोड ६५ लाख १७ हजार २०९ कित्ता शेयर ७४ हजार ५७ पटक खरिदबिक्री हुँदा नौ अर्ब ४१ करोड ९१ लाख ६५ हजार ८०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ एक दशमलव ८१, विकास बैङ्क एक दशमलव २२, वित्त एक दशमलव ७९, होटल तथा पर्यटन शून्य दशमलव ९३, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव ०८ र जीवन बीमा शून्य दशमलव ६८ प्रतिशतले बढेको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन शून्य दशमलव ८८, लघुवित्त एक दशमलव २८, निर्जीवन बीमा शून्य दशमलव ७६, व्यापार शून्य दशमलव ८५ र अन्य समूह शून्य दशमलव ५२ प्रतिशतले बढेको छ।

सुपर मादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ०८ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने भगवती हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव ६४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको ५२ करोड ३२ लाख ६३ हजार ६३ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने प्रभु सेलेक्ट फन्डको १२ लाख २१ हजार ६०० कित्ता शेयर खरिदबिक्री भएको छ।

2