काठमाडौं: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, प्याज, काउली र घिरौँला लगायतका अधिकांश तरकारीको मूल्य घटेको छ।
कालीमाटी थोक बजारमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको औसत मूल्य प्रतिकिलो ६५ रुपैयाँ कायम भएको छ। त्यस्तै, टनेलको सानो गोलभेँडाको मूल्य ३२ रुपैयाँ रहेको छ। रातो आलु ५७ रुपैयाँ, भारतीय सुकेको प्याज ८७ रुपैयाँ, लोकल गाँजर ११० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ र स्थानीय काउली ४५ रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।
अन्य तरकारीहरूमा हाइब्रिड मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ३४ रुपैयाँ, डल्ले भन्टा ६५ रुपैयाँ, तने बोडी ६५ रुपैयाँ, मकै बोडी ५५ रुपैयाँ, करेला ७५ रुपैयाँ, लौका ३५ रुपैयाँ र लोकल परबल ६५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। घिरौँला २५ रुपैयाँ, हरियो डल्ले फर्सी ३५ रुपैयाँ, भिन्डी ६५ रुपैयाँ, रायोको साग ६५ रुपैयाँ, पालुंगोको साग १२५ रुपैयाँ, कन्य च्याउ ११५ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, कुरिलो ७५० रुपैयाँ, न्यूरो ९५ रुपैयाँ र ब्रोकाउली १०२ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ।
समितिले सार्वजनिक गरेको यो मूल्य थोक बजारको हो। खुद्रा बजारमा भने यी तरकारीहरूको मूल्य केही बढी हुन सक्नेछ। केही तरकारीको मूल्यमा सामान्य वृद्धि भए पनि अधिकांशको भाउमा गिरावट आएको छ।
