काठमाडौं। नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ८ सय रुपैयाँले बढेर २ लाख ८२ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा २५ रुपैयाँले घटेर ३ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला ३ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
