काठमाडौं: भक्तपुरको योंसिखेलका किसानहरू यतिबेला धान भित्र्याउन व्यस्त देखिएका छन्। मौसमविद्ले बिहीबार साँझदेखि वर्षाको सम्भावना रहेको भन्दै पूर्वसूचना जारी गरेपछि किसानहरूलाई खेतमा काटेको धान सुकाउनेदेखि भण्डारण गर्ने कामको चटारो थपिएको छ।
वर्षाले बालीमा क्षति पुर्याउन सक्ने चिन्ताका कारण किसानहरू छिटोभन्दा छिटो धान थन्क्याउने प्रयासमा जुटेका छन्।
