Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
A A+ A-

काठमाडौं: शरद् ऋतुमा नेपालका ४४ वटा हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० जना आरोहीले अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार १६१ वटा आरोहण टोलीले यस सिजनका लागि अनुमति प्राप्त गरेका हुन्।

विभागका शाखा अधिकृत सुधा रेग्मीले दिएको जानकारी अनुसार अनुमति लिनेमा एक हजार ६९ पुरुष र ३४१ महिला छन्। यसबापत सरकारले ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ रोयल्टी संकलन गरेको छ।

सबैभन्दा धेरै आरोहीले मनास्लु (८,१६३ मिटर) हिमाल आरोहणका लागि अनुमति लिएका छन्। मनास्लुमा मात्र ४३ टोलीका ५०० आरोहीले अनुमति लिएका हुन्, जसबाट २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी प्राप्त भएको छ। त्यस्तै, आमादब्लम हिमालका लागि ३२ टोलीका ३८६ जनाले अनुमति लिएका छन्, जसबाट पाँच करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ राजस्व संकलन भएको छ।

यसबाहेक धौलागिरि-१ का लागि ३७ जना, हिम्लुङ हिमालका लागि १२१ जना र मकालु हिमालका लागि तीन जनाले अनुमति लिएका छन्। पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम, थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण-४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक, पोखर खाङ, अर्दाङ, जुगल र पेरीलगायतका हिमाल आरोहणका लागि पनि अनुमति दिइएको छ।

आरोहण अनुमति लिनेमध्ये सबैभन्दा धेरै चीनका १४१ जना छन्। यसैगरी, फ्रान्सका १३०, अमेरिकाका ११९, रुसका १०८, बेलायतका ९६, स्विट्जरल्याण्डका ४७, इटलीका ४७, पोल्याण्डका ४१, भारतका ४०, जापानका ३५ र नेपालका ३३ जनाले अनुमति लिएका छन्। विभागका अनुसार उक्त रोयल्टी रकम २० लाख ८९ हजार ५८४ अमेरिकी डलर बराबर हुन आउँछ।

2