Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis paribahis paribahis paribahis paribahis giriş bahsegel giriş paribahis bettilt bahsegel bettilt casinomhub

नेप्सेमा ३३ अंकको वृद्धि

नेप्सेमा ३३ अंकको वृद्धि
A A+ A-

काठमाडौं: बुधबार सेयरबजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ विन्दुमा पुगेको छ। बजार १.२६ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ७ अर्ब ४५ करोड रुपैयाँ नाघेको छ।

दिनभरिमा १ करोड ९३ लाख कित्ता सेयर किनबेच भएका छन्। यस दिन कुल २४१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ वटाको घटेको छ। तीनवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।

कारोबारका आधारमा लिबर्टी इनर्जी कम्पनीको सर्वाधिक ३२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यसैगरी, घलेम्दी हाइड्रोको २८ करोड, बुटवल पावर कम्पनीको २६ करोड र अपि पावरको १९ करोड रुपैयाँको कारोबार भएको छ।

सेयर मूल्य वृद्धिको सन्दर्भमा बेनी हाइड्रोपावर प्रोजेक्टमा सकारात्मक सर्किट लागेको छ। बुटवल पावर कम्पनीको सेयर मूल्य १०.६० प्रतिशतले बढेको छ भने अन्य कम्पनीहरू ६.२६ प्रतिशतसम्मले उकालो लागेका छन्। घटेका सेयरहरू पनि अधिकतम २.९६ प्रतिशतभन्दा तल सीमित रहेका छन्।

नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन व्यापार समूहको सूचकबाहेक अन्य सबै समूहहरूमा हरियाली छाएको छ।

2