काठमाडौं: दराज नेपालले नोभेम्बर १ देखि ११ सम्म ‘दराज ११.११ वर्षकै सबैभन्दा ठूलो सेल’ अभियान सञ्चालन गर्ने भएको छ। ‘द बिग बोस इज ब्याक’ नाराका साथ सुरु हुन लागेको यस अभियानमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर र निःशुल्क डेलिभरीको सुविधा समावेश गरिएको छ।
अभियान नोभेम्बर १ को राति ८ बजेदेखि सुरु हुनेछ। यस अवधिमा उपभोक्ताले विभिन्न ब्रान्डका सामानमा आकर्षक छुट पाउनुका साथै थाइल्यान्ड भ्रमणको अवसरसमेत जित्न सक्नेछन्। दराजका अनुसार, अनर नेपालबाट ८ जना र ग्लेन नेपालबाट एक जना भाग्यशाली खरिदकर्ताले थाइल्यान्ड भ्रमणको अवसर पाउनेछन्।
दराजले आफ्ना प्लाटिनम, गोल्ड र सिल्भर साझेदारहरूसँगको सहकार्यमा विभिन्न सामग्रीमा ७० देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ। साथै, हिमालयन बैंक, नबिल बैंक, सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक, सिटिजन्स बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक र महालक्ष्मी बैंकका कार्डबाट भुक्तानी गर्दा थप छुट प्राप्त गर्न सकिनेछ। इसेवा र खल्तीमार्फत भुक्तानी गर्ने ग्राहकका लागि पनि विशेष अफरहरू राखिएका छन्।
अभियानका क्रममा दैनिक फ्ल्यास सेल, ब्रान्ड रश आवर र क्रेजी प्राइस ड्रप जस्ता कार्यक्रम सञ्चालन हुनेछन्। न्यूनतम १ हजार १ सय ११ रुपैयाँको अर्डर गर्ने ११ जना ग्राहकले फिलिप्स सामग्रीको बन्डल जित्ने अवसर पाउनेछन्। यसबाहेक, मामाअर्थ, सफारी नेपाल, बिग डिजिटल र ब्रो स्टोर जस्ता साझेदारहरूले पनि विभिन्न उपहार योजना ल्याएका छन्। उपभोक्ताले दराजको आधिकारिक वेबसाइट, फेसबुक पेज वा एपमार्फत थप जानकारी लिन सक्नेछन्।
