Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

१८१ कम्पनीको मूल्य बढ्दा नेप्सेमा उछाल

१८१ कम्पनीको मूल्य बढ्दा नेप्सेमा उछाल
A A+ A-

काठमाडौं: नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज उत्साहजनक सुधार देखिएको छ। कारोबार अवधिभर उतारचढावका बीच नेप्से परिसूचक ३१.५४ अंक अर्थात् १.१८ प्रतिशतले बढेर २६९५.६० विन्दुमा पुगेर बन्द भएको छ।

परिसूचकसँगै कारोबार रकममा पनि बलियो सुधार देखिएको छ। आज ३५० कम्पनीका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर ६९ हजार ६१९ पटक किनबेच हुँदा कुल ८ अर्ब ५७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १८१ कम्पनीको सेयर मूल्य बढ्दा ९१ कम्पनीको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

बैंकिङ समूहको वर्चस्वका कारण आज बजार उकालो लागेको हो। बैंकिङ उपसमूहमा २.२८ प्रतिशतको वृद्धि देखिएको छ। त्यसैगरी होटल तथा टुरिजम र अन्य समूहमा समान २.०५ प्रतिशत, फाइनान्स समूहमा १.६९ प्रतिशत र विकास बैंक समूहमा १.५५ प्रतिशतले वृद्धि भएको छ। अन्य समूहहरूमा एक प्रतिशतभन्दा कमको वृद्धि देखिएको छ।

आजको कारोबारमा बेनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १५ प्रतिशत कमाएका छन्। स्वाभिमान लघुवित्तको मूल्य ८.७२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत र एनआइसी एसिया बैंकको मूल्य ४.६९ प्रतिशतले बढेको छ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ। यसबाहेक सिद्धार्थ बैंकको २५ करोड ३८ लाख, लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख र कुमारी बैंकको २३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

2