Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

असोजमा मात्रै ५ हजार बढी सवारीसाधन भित्रिए

असोजमा मात्रै ५ हजार बढी सवारीसाधन भित्रिए
A A+ A-

काठमाडौँ: चालु आर्थिक वर्ष २०८३/८४ को तेस्रो महिना असोजमा नेपालमा ५ हजार ५७ युनिट कार, जिप र भ्यान आयात भएका छन्। चाडपर्वलाई लक्षित गरी भित्रिएका यी सवारीसाधनको आयातबाट सरकारले ७ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा कुल ९ अर्ब ४७ करोड रुपैयाँ बराबरका चार पाङ्ग्रे यात्रुवाहक सवारी नेपाल भित्रिएका हुन्।

आयात भएका कुल सवारीसाधनमध्ये विद्युतीय सवारी (ईभी) को हिस्सा सबैभन्दा ठुलो रहेको छ। एक महिनाको अवधिमा ३ हजार ८०२ युनिट विद्युतीय कार, जिप र भ्यान आयात भएका छन्। ८ अर्ब ३५ करोड रुपैयाँ बराबरका यी ईभीबाट मात्रै सरकारले ४ अर्ब ८७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ। असोजमा २२ ब्रान्डका विद्युतीय सवारी भित्रिएकामा डोङफेङ नामी भिगो ८२९ युनिट र बीवाइडी एटो २ ६३८ युनिट आयात भएका छन्।

विद्युतीय सवारी बाहेक असोजमा पेट्रोल इन्जिनका १ हजार ८३ युनिट कार आयात भएका छन्, जसको मूल्य ७९ करोड रुपैयाँ रहेको छ। त्यसैगरी, ८४ वटा डिजेल कार आयात हुँदा १८ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने यसबाट ५४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ। सोही अवधिमा ९ युनिट पेट्रोल हाइब्रिड र १३७ युनिट अन्य कार, जिप र भ्यान भित्रिएका छन्। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल १६ अर्ब बढीका सवारीसाधन आयात भएका छन्, जसबाट राज्यको ढुकुटीमा १२ अर्ब बढी राजस्व दाखिला भएको छ।

2