Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हरियो चुरा, पोतेले रङ्गियो बजार (फोटो फिचर)

हरियो चुरा, पोतेले रङ्गियो बजार (फोटो फिचर)
अ+ अ-

काठमाडौँ – साउन महिनामा विशेषगरी हिन्दु धर्मावलम्बी महिलाले हरियो चुरा, पोते, हातमा मेहेन्दी लगाउने परम्परा रहेको छ । साउन महिनालाई विभिन्न रंग समायोजनको महिना पनि भनिन्छ ।

साउनमा अधिकांश महिला हातमा मेहन्दी र रातो, हरियो, पँहेलो पोते तथा चुराले सजिएको हुन्छ । नेपाली परम्पराअनुसार साउनलाई विशेष महत्त्वको महिना मानिन्छ । साउन लागेसँगै बजारमा हरियो चुरा, पोते र हातमा मेहन्दी लगाउनेको बजारमा यस्तो दृश्य देख्न सकिन्छ।

साउन महिना देवताका पनि देवता महादेव शिवको महिनाका रूपमा लिइन्छ । साउन महिना धार्मिक, प्राकृतिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यस अवधिलाई विशेष रूपमा लिइन्छ। साउनमा हरियो, पहेँलो र रातो चुरापोते एवम् कपडा लगाउनुको पनि आफ्नै अर्थ छ । हरियोलाई प्रेम र वातावरण, रातोलाई सौभाग्यको एवम् पहेँलोलाई पवित्रताको प्रतीकको रूपमा लिइन्छ ।

चुरा पोते र कपडासँगै साउन महिनामा हातभर मेहन्दी लगाउने चलन पनि छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ राख्यो, उति नै बढी श्रीमानको माया पाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

 

2