Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’
A A+ A-

कास्की। पोखराको दोस्रो ठुलो बेगनास तालको किनारमा शुक्रबारदेखि ‘फिस फेस्टिभल’ सुरु भएको छ।

होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले आयोजनामा तालको पहिचानलाई स्थानीय माछा, रैथाने खानपान र मौलिक संस्कृतिसँग जोड्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले छैटौँ संस्करणको सो महोत्सव आयोजना गरिएको हो।

‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नारासहित महोत्सव २३ गतेसम्म चल्नेछ। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, सांस्कृतिक संरक्षण र आर्थिक गतिविधि विस्तारमा जोड दिने आयोजकले जनाएको छ।

महोत्सवको उद्घाटन गर्दै महानगर प्रमुख धनराज आचार्यले महानगर क्षेत्रभित्र रहेका सबै तालहरूलाई आपसमा जोड्ने ‘कनेक्टिभिटी’ निर्माणको काम अविलम्ब सुरु गरिने बताए। “तालहरूको संरक्षण, प्रवर्द्धन र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउने महानगरको योजना छ”, प्रमुख आचार्यले भने।

तालचोक–बेगनास सडक निर्माणको काम सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्दै प्रमुख आचार्यले बेगनास तालमा ‘वाटर स्पोट्र्स’सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न सम्बन्धित पक्षलाई आग्रह गरे।

शिशुवाचोकदेखि खुदीखोला पुलसम्मको सडक निर्माण भइसकेको र खुदीखोलादेखि रूपातालसम्मको सडकसमेत निर्माणको चरणमा रहेको उनले जानकारी दिए। यी पूर्वाधारले बेगनास र रूपाताल क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्‍याउने उनले विश्वास व्यक्त गरे।

महोत्सवमा बेगनास तालमा पाइने विभिन्न प्रजातिका स्थानीय माछाहरूको प्रदर्शनीसँगै माछाका स्वादिष्ट परिकारहरूको स्वाद लिन सकिने आयोजक संस्थाका अध्यक्ष सुरेश लामिछानेले जानकारी दिए। स्थानीय उत्पादन, मौलिक स्वाद र पर्यटनलाई एकै ठाउँमा जोड्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको उनले बताए।

फेस्टिभल अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। ‘फिस फेस्टिभल’ले बेगनास तालको पर्यटकीय पहिचान विस्तार गर्नुका साथै स्थानीय माछा व्यवसाय, होटल तथा रेस्टुरेन्ट व्यवसाय र समग्र आर्थिक गतिविधिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

बेगनास ताल माछाको विविधताका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ। यहाँ स्वदेशी प्रजातिका साथै व्यावसायिक उत्पादनका लागि भित्र्याइएका बाह्य प्रजातिका माछा पाइन्छन्। यसअघिको एक अध्ययनमा बेगनासमा १७ प्रजातिका माछा अभिलेख गरिएको थियो।

तीमध्ये ११ स्वदेशी र छ बाह्य प्रजातिका थिए। स्वदेशी प्रजातिमा सहर, कत्ले, चचुने, फगेटा, पोथी तथा अन्य साना प्रजातिका माछा अभिलेख गरिएका छन्। व्यावसायिक रूपमा पालिने बाह्य प्रजातिमा तिलापिया, सिल्भर कार्प, बिगहेड कार्प, ग्रास कार्प र कमन कार्पजस्ता माछा पर्छन्।

पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पोखराका तालहरूलाई विशेषता र सम्भावनाअनुसार विकास गर्नुपर्नेमा जोड दिए। “तालहरूको पहिचान स्थापित गर्दै व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके पोखरालाई तालैतालको पर्यटकीय सहरका रूपमा विकास गर्न सकिन्छ”, भुजेलले भने।

महोत्सवबाट बचत भएको रकम तालबाराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गर्ने योजना रहेको आयोजकले जनाएको छ।

2