Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छः प्रधानमन्त्री शाह
A A+ A-

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना प्रविधि (आइटी) उद्योगलाई प्रोत्साहन गर्दै नेपाली कम्पनीलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न र ग्लोबल युनिकर्न कम्पनीका रूपमा विकास गर्न सहज वातावरण निर्माण गरिने बताएका छन्।

आज सामाजिक सञ्जालमार्फत उनले यसका लागि आवश्यक नियम, वातावरण सबै पुनरावलोकन गरिने उल्लेख गरे।

उनले नेपालमा गेमिङ एप बनाएर संसारभर नाम कमाएका कम्पनीहरू पनि भएको उल्लेख गर्दै संसारकै सबैभन्दा चर्चित लुडो (करिब २०० मिलियन डाउनलोड) र कलब्रेक गेम (१५० मिलियनभन्दा बढी पटक डाउनलोड) नेपालीले नै बनाएको बताए। साथै सयौँ युवाहरु गेम एप बनाउन तल्लिन रहेको उनको भनाइ छ।

“हामीले उनीहरुलाई बोलाएर समस्याहरू पनि बुझ्यौँ र यो गेम डेभलपमेन्ट क्षेत्रलाई सजिलो बनाउन र उद्योगका रूपमा अघि बढाउने विषयमा पनि छलफल गरौँ  र अब उनीहरुको समस्या समाधान गर्ने गृहकार्य अघि बढाइएको छ”, प्रधानमन्त्री शाहले उल्लेख गरे।

आइटीसम्बन्धी ‘प्रडक्ट’ र निर्यात पनि अहिले निकै सकारात्मक अवस्थामा रहेको र हाम्रो दक्षता, कम्पनीहरूले सहजै कमाउने, पुनःलगानी गर्ने विषयलाई ध्यानमा राख्दै करमा सहजता र नीतिगत सुधार, अन्तरराष्ट्रिय आम्दानीसम्बन्धी नियमहरु अझै सहज बनाउने उनको भनाइ छ ।

यसका साथै गेम जाम, स्टार्टअप इभेन्ट, सूचना प्रविधि क्षेत्र, राष्ट्र बैंक, अर्थ मन्त्रालयसँग नियमित अन्तरक्रिया, ह्याकाथोन र समग्र आइटी प्रडक्ट र गेमिङ उद्योगलाई फाइदा पुग्ने गरी इकोसिस्टममा लगानी गरिने प्रधानमन्त्रीको भनाइ छ।

2