Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर

मुगुमा भारी वर्षा, चिसो बढ्दा जनजीवन कष्टकर
A A+ A-

मुगु । मुगुमा शुक्रबार साँझदेखि परेको वर्षासँगै हिमपात भइरहेकाले अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित बन्दै गएको छ ।

गमगढी हावापानी मापन केन्द्रका अनुसार शुक्रबार बिहान ८:४५ बजेदेखि २४ घण्टाको अवधिमा मुगुमा ३९.८ मिलिमिटर वर्षा भएको छ ।

आज बिहान ८:४५ बजेसम्म गमगढी बजारको अधिकतम तापक्रम ९.२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको केन्द्रका अवलोकनकर्ता नम्रता मल्लले जानकारी दिए । मौसममा आएको परिवर्तनसँगै तापक्रम घटेपछि सर्वसाधारणका साथै बालबालिका, वृद्धवृद्धा तथा बिरामी बढी प्रभावित भएका उनको भनाइ छ ।

निरन्तर वर्षाका कारण जिल्लाको हवाई सेवा तथा सडक मार्गसमेत प्रभावित भएका मल्लले बताए। वर्षाका कारण बजार तथा ग्रामीण बस्तीमा चहलपहल घटेको छ । हिमपातले मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने डोल्फु, मुगु, ताखा, खारी, दाउरा, पुअ, सेरोग, किम्ग्री मह, माङ्री, पाँपु, चिमात गाउँ बढी प्रभावित भएका छन् । यी क्षेत्रमा बढी हिउँ र पानी परेकाले अत्यधिक चिसो बढेको केन्द्रका अवलोकनकर्ता मल्लले बताए।

हिमपात र वर्षाले एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न, बस्तुभाउ चराउन समस्या भइरहेको स्थानीय फुर्वा फुटिक लामाले बताए । मुगुका अग्ला हिमाल, बस्तीहरूमा हिउँ परेको छ भने होचो स्थानमा शुक्रबार साँझदेखि वर्षा भइरहेको केन्द्रले जनाएको छ ।

वर्षा र हिमपातको समयमा अत्यावश्यक कामबाहेक सुरक्षित स्थानमा बस्न, अनावश्यक आवतजावत नगर्न जिल्ला प्रशासन कार्यालय मुगुले शुक्रबार सूचना जारी गरी सबैमा अनुरोध गरेको छ । जिल्लामा वर्षा र हिमपात भइरहेको भए पनि हालसम्म कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Tags :
जनजीवन
भारी वर्षा
हिमपात

2