Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

महोत्तरीमा प्रशासनको पहलमा सहकारी पीडित महिलाको रकम फिर्ता

महोत्तरीमा प्रशासनको पहलमा सहकारी पीडित महिलाको रकम फिर्ता
A A+ A-

महोत्तरी। महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिकाकी एकल महिला इन्दुकुमारी देवीको सहकारीमा फसेको रकम जिल्ला प्रशासन कार्यालयको पहलमा फिर्ता भएको छ।

तीन वर्षअघि वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा परी पति गुमाएकी इन्दुकुमारीले क्षतिपूर्तिबापत पाएको १२ लाख रुपियाँ औरहीस्थित सोनामाई बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरेकी थिइन्।

इन्दुकुमारीले २०८० असार २४ गते बढी ब्याज पाउने लोभमा सो रकम सहकारीमा राखेकी थिइन्। सहकारीले २४ प्रतिशत ब्याज दिने आश्वासन दिएको थियो। सुरुका केही महिना ब्याज पाए पनि पछि सहकारी संस्था नै बन्द भएपछि उनी समस्यामा परेकी थिइन्।

तीन नाबालिका छोरीको पालनपोषण र भविष्यको सहाराका रूपमा रहेको सो रकम डुबेपछि उनले न्यायका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीमा निवेदन दिएकी थिइन्।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रशासनको पहलमा सहकारी सञ्चालक र पीडितबीच पटक-पटक छलफल भएको थियो। सोही प्रयासस्वरूप हाल पहिलो चरणमा आठ लाख रुपियाँ फिर्ता गरिएको छ।

बाँकी चार लाख रुपियाँ र ब्याजसमेत मङ्सिर ४ गतेभित्र फिर्ता गर्ने सहमति भएको प्रजिअ यादवले जानकारी दिए। प्रशासनको पहलमा रकम फिर्ता पाएपछि इन्दुकुमारीले राहत महसुस गरेको बताइएको छ।

2