Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक
तस्वीर: सुन्दरकुमार थकाली/रासस
A A+ A-

मनाङ। बंगालको खाडीमा उत्पन्न चक्रवात ‘अर्नब’ को प्रभावका कारण हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले माथिल्लो मनाङका पर्यटकीय गन्तव्यमा पुग्ने पर्यटक मनाङमै रोकिएका छन् ।

माथिल्लो क्षेत्रमा हिमपात बाक्लो भएपछि पूर्ण रूपमा पदयात्रामा नजान सूचना जारी गरिएकाले पर्यटक मनाङमा रोकिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका अनुसार यहाँका पर्यटकका साथै जनजीवन कष्टकर बनेको छ ।

माथिल्लो मनाङमा बाक्लो हिउँ परेपछि भ्रमणमा आएका पर्यटक मनाङमै रहेका प्रमुख भुजेलले बताए । उनले भने, ‘करिब २०० पर्यटक अहिले मनाङ गाउँमा बसिरहेका छन् । हिउँ बाक्लो परेकाले मौसम सुधार हुँदै गए पनि हिँड्न सक्ने अवस्था रहेको छैन ।’ जोखिम मोलेर केही पर्यटक भने यात्रामा निस्कन खोजिरहेका उनले बताए ।

मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसमी प्रणालीको पूर्वानुमानअनुसार चक्रवातको प्रभावले हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा रहन पर्यटकलाई आग्रह गरेअनुरूप मनाङमा आएका पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिए ।

‘मौसममा केही सुधार आएको छ । तर, पर्यटक तथा स्थानीयलाई आवतजावत गर्न र गन्तव्यमा जान दिने अवस्था भने बनिसकेको छैन’, प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘हिउँ बाक्लो छ । पदयात्रामा जाने पदमार्गको सबै नक्सा नै छोपिएकाले जोखिम कायमै छ ।’

सुरक्षित स्थानमा बस्न र जोखिम मोलेर यात्रा नगर्न होटल व्यवसायीलाई जानकारी दिन अनुरोध गरेको उनले बताए । बिहीबार साँझदेखि हल्का हिमपात भएको थियो भने शुक्रबार र शनिबार बिहानसम्म भारी हिमपात भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

2