Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

भैरहवा भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी

भैरहवा भन्सारको राजस्व सङ्कलन लक्ष्यभन्दा बढी
A A+ A-

भैरहवा: भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा राजस्व सङ्कलनको लक्ष्य पार गरेको छ। साउनदेखि असोज मसान्तसम्म कार्यालयले २९ अर्ब २८ करोड रुपैयाँको लक्ष्य राखेकोमा ३३ अर्ब ३४ करोड २० लाख रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। यो लक्ष्यको करिब ११४ प्रतिशत हो।

कार्यालयको तथ्याङ्कअनुसार साउनमा ८ अर्ब ८३ करोड २६ लाख, भदौमा १० अर्ब ६३ करोड १६ लाख र असोजमा १३ अर्ब ८८ करोड १ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा लक्ष्यको ९७.१४ प्रतिशत मात्र राजस्व उठेको थियो।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी उद्धव ढुंगानाका अनुसार बजारको अवस्थामा सुधार र विभिन्न वस्तुको आयातमा भएको वृद्धिका कारण राजस्व सङ्कलन लक्ष्यभन्दा बढी भएको हो। चाडपर्वका कारण आर्थिक गतिविधि बढेकाले आगामी महिनामा पनि राजस्व सङ्कलनमा वृद्धि हुने अपेक्षा कार्यालयले गरेको छ।

आयाततर्फ पेट्रोलियम पदार्थ, सवारीसाधन, एलपी ग्यास र औद्योगिक कच्चा पदार्थको योगदान उच्च रहेको छ। पछिल्लो समय विद्युतीय कार पनि राजस्व सङ्कलनमा महत्त्वपूर्ण वस्तुका रूपमा देखिएको छ। निर्याततर्फ भने प्रशोधित भटमासको तेल लगातार तीन महिनादेखि पहिलो स्थानमा रहेको छ। यसबाहेक खैरो सिमेन्ट, फलामे पाता, खयरको कत्था र जडीबुटी पनि प्रमुख निर्यात हुने वस्तुमा पर्दछन्।

2