Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

स्वचालित प्रणालीबाट चार अर्ब लगानी प्रतिबद्धता

स्वचालित प्रणालीबाट चार अर्ब लगानी प्रतिबद्धता
अ+ अ-

काठमाडौँ- विदेशी लगानीकर्ताले स्वचालित प्रणालीमार्फत चार अर्ब रुपियाँभन्दा बढीको लगानी प्रतिबद्धता जनाएका छन् । उद्योग विभागले वैशाखदेखि सुरु गरेको अनलाइनमा आधारित उक्त प्रणालीबाट चार अर्ब ६१ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको जनाएको छ ।

५० करोड रुपियाँसम्म कुल पुँजी हुने उद्योग व्यवसाय र विदेशी लगानी गर्न सकिने उद्योग व्यवसायसम्बन्धी आवेदन र स्वीकृति यसै प्रणालीमार्फत हुने व्यवस्था मिलाएको छ । यस प्रणालीमार्फत विदेशी लगानीकर्ताले आफू रहेकै ठाउँबाट नेपालमा लगानीका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ ।

पैंसट्ठी अर्ब लगानी प्रतिबद्धता

विदेशी लगानीकर्ताले नेपालमा करिब ६५ अर्ब रुपियाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । गत आव २०८१/८२ मा विभिन्न ८४० परियोजनामा ६४ अर्ब ९६ करोड रुपियाँ लगानी गर्ने प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार गत आवमा तीन अर्ब रुपियाँ बढी यस्तो प्रतिबद्धता प्राप्त भएको हो । त्यसअघि आव २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपियाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको थियो । विभागका अनुसार आव २०७९/८० मा ३८ अर्ब ४० करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

विभागका अनुसार एक वर्षमा आएको लगानी प्रतिबद्धतामध्ये ४८ प्रतिशत अर्थात् सबैभन्दा धेरै ३० अर्ब ९० करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता सेवा क्षेत्रमा प्राप्त छ । एक वर्षमा सेवा क्षेत्रका ८४ परियोजना नेपालमा दर्ता भएका छन् । त्यस्तै ४१ प्रतिशत अर्थात् २६ अर्ब ८२ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा प्राप्त भएको तथ्याङ्कले देखाएको छ । यस अवधिमा पर्यटन क्षेत्रका ३०४ परियोजना नेपालमा दर्ता भएका हुन् ।

यस्तै उत्पादनमूलक र सूचना तथा प्रविधि क्षेत्रमा क्रमशः छ र तीन प्रतिशत अर्थात् तीन अर्ब र एक अर्ब ८४ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । कृषि क्षेत्रमा भने दुई प्रतिशत अर्थात् एक अर्ब ४६ करोड रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । एक वर्षको अवधिमा वैदेशिक लगानी प्रतिबद्धता प्राप्त गर्नेमा सबैभन्दा धेरै ८४० वटा साना उद्योग, मझौला १० र ठुला उद्योग चार वटा रहेका छन् । लगानीकर्ता साना उद्योगमा आकर्षित हुन थालेपछि दर्ता सङ्ख्या पनि धेरै देखिएको हो ।

एक वर्षको अवधिमा फागुनमा सबैभन्दा धेरै करिब १८ अर्ब रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएकोे छ ।

नेपालमा लगानीको चासो देखाउनेमा चीन, भारत, जापान, अमेरिका, बङ्गलादेशलगायतका मुलुकका लगानीकर्ता बढी छन् । विभागका अनुसार नेपालमा अहिलेसम्म सात हजार २३९ परियोजनामा पाँच खर्ब ९४ अर्ब ७० करोड ६६ करोड ४० लाख रुपियाँ लगानी प्रतिबद्धता प्राप्त भएको छ ।

मुलुकमा लगानीका लागि ठुलो परिमाणमा प्रतिबद्धता प्राप्त भए पनि त्यसको कमै मात्र लगानी भित्रिने गरेको छ । लगानी प्रतिबद्धताको ३० देखि ३५ प्रतिशत लगानी मात्र भित्रिने गरेको विभागले जनाएको छ ।

2