काठमाडौं: आन्तरिक राजस्व विभागले पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कारका १६ जना विजेताको नाम आज सार्वजनिक गर्ने भएको छ। अर्थ मन्त्रालयको सुवर्ण हलमा बिहान ९ः३० बजे विशेष कार्यक्रम आयोजना गरी विजेता घोषणा गरिने विभागले जनाएको छ।
यस पुरस्कारका लागि कात्तिक १ देखि १५ गतेसम्मको अवधिमा कर चुक्ता गरेका करदाताहरूबाट छनोट गरिनेछ। विभागका अनुसार १५ जना नियमित विजेता र एक जना बम्पर विजेता गरी कुल १६ जनालाई पुरस्कृत गरिनेछ। विजेता छनोट प्रक्रियामा नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी क्रिकेट खेलाडीहरूलाई संलग्न गराइने जानकारी दिइएको छ।
