Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis

चाडपर्वमा उखु किसानलाई भुक्तानीको सास्ती

चाडपर्वमा उखु किसानलाई भुक्तानीको सास्ती
A A+ A-

काठमाडौं: पश्चिम नवलपरासीका उखु किसानहरूले वर्षौँदेखि चिनी मिलबाट पाउनुपर्ने भुक्तानी नपाउँदा चाडपर्वको मुखमा पनि आर्थिक संकट भोग्न बाध्य भएका छन्। तिहार र छठ जस्ता पर्व नजिकिँदै गर्दा किसानहरू नयाँ लुगा र घरखर्च जुटाउनुभन्दा साहुको ऋण र बैंकको ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन्।

उखु उत्पादक महासङ्घका केन्द्रीय प्रवक्ता उमेशचन्द्र यादवका अनुसार चिनी उद्योगहरूको गैरजिम्मेवार व्यवहारका कारण किसानहरू थप पीडामा छन्। विशेषगरी इन्दिरा सुगर मिल र लुम्बिनी चिनी उद्योगले समयमा भुक्तानी नगर्दा समस्या भएको हो। प्रतापपुरस्थित इन्दिरा सुगर मिलले किसानको करिब ७ करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ। मिल दुई वर्षदेखि बन्द छ भने सञ्चालक राकेश अग्रवाल सम्पर्कविहीन छन्। इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक रेशमलाल पौडेलका अनुसार अग्रवालविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता भई अनुसन्धान अघि बढेको छ। सञ्चालक भारतमा रहेकाले प्रहरीले अनुसन्धान पूरा गरी फाइल जिल्ला अदालत पठाउने तयारी गरिरहेको छ।

यता सुनवलस्थित लुम्बिनी चिनी उद्योगले भने किसानलाई तिर्न बाँकी बक्यौता रकम ८५ देखि ८७ लाख रुपियाँ मात्र रहेको जनाएको छ। उद्योगका कार्यकारी अधिकृत केशवराज आचार्यका अनुसार यस वर्ष मिल सञ्चालन हुनुअघि नै उक्त रकम भुक्तानी गरिसक्ने तयारी छ।

पश्चिम नवलपरासीमा एक समय वार्षिक ३० देखि ४५ लाख क्विन्टलसम्म उखु उत्पादन हुने गर्दथ्यो। तर भुक्तानीको समस्या र लागत नउठ्ने भएपछि किसानहरू केरा र तरकारी जस्ता वैकल्पिक खेतीतर्फ आकर्षित भएका छन्। हाल जिल्लामा उखु उत्पादन घटेर वार्षिक १५ देखि १८ लाख क्विन्टलमा सीमित भएको छ। किसानहरूले जिल्ला प्रशासनदेखि काठमाडौँको माइतीघरसम्म आन्दोलन गर्दा पनि भुक्तानी पाउन नसकेको गुनासो गरेका छन्।

2