काठमाडौं: नेपाल आयल निगमले एलपी ग्यास उद्योगहरूलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ। निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री वितरणलाई थप सहज बनाउन र उपभोक्ताको हित प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न नाम र ब्रान्डमा सञ्चालित उद्योगहरूलाई एकीकरण गर्ने नीति लिइएको हो।
निगमले यस कार्यलाई अगाडि बढाउन सबै ग्यास उद्योगहरूलाई पत्राचार गरेको छ। उद्योगहरूलाई आ-आफ्नो तर्फबाट गाभिने कार्ययोजना तयार गरी काम अघि बढाउन निर्देशन दिइएको छ।
