काठमाडौं: टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक जनशक्तिको सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले देशभर ‘टाटा BS-6 प्राविधिक तालिम’ सुरु भएको छ। नेपालका लागि टाटा जेनुइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा.लि. र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा उक्त ६ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
यो तालिम कात्तिक २० गतेसम्म हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा-टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ-घोराही र वीरगञ्ज गरी १४ स्थानमा सञ्चालन भइरहेको छ। कार्यक्रममा टाटा कमर्सियल गाडीका प्राविधिक तथा इलेक्ट्रिसियनहरूलाई भारत स्टेज-६ (BS-6) सवारी प्रविधिसम्बन्धी व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिनेछ।
प्रशिक्षणमा सवारीसाधनको विद्युतीय प्रणाली, ब्याट्री, मल्टिमिटरको प्रयोग, स्टार्टिङ र चार्जिङ सिस्टम तथा इन्जिन म्यानेजमेन्ट सिस्टमबारे जानकारी दिइनेछ। यसका साथै उत्सर्जन नियन्त्रण प्रणाली र आधुनिक डायग्नोस्टिक टुल्स प्रयोग गरी समस्या पहिचान तथा निदान गर्ने सीप पनि सिकाइने कम्पनीले जनाएको छ। यो कार्यक्रमले प्राविधिकहरूलाई नवीनतम प्रविधिसँग अभ्यस्त बनाउनुका साथै उनीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गरी गुणस्तरीय सर्भिसिङ सेवा प्रवाहमा सहयोग पुर्याउने आयोजकले विश्वास व्यक्त गरेको छ।
