काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज २.२६ अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२६ अङ्कले बढेर २ हजार ६२३.५६ विन्दुमा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५१ अङ्कले बढेर ४७८.५२ विन्दुमा पुगेको छ।
त्यस्तै, फ्लोट सूचक ०.२६ अङ्कले बढेर १८२.६३ र सेन्सेटिभ फ्लोट सूचक ०.४१ अङ्कले बढेर १६२.४२ विन्दुमा पुगेको छ।
आज विभिन्न कम्पनीका १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँमा खरिदबिक्री भएका छन्। कारोबार भएका १३ उपसमूहमध्ये चारको सूचक बढ्दा नौ वटाको घटेको छ।
आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।
मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, भूगोल हाइड्रोपावर, भिजन लुम्बिनी ऊर्जा कम्पनी, सिटिजन सुपर ३० म्युचुअल फण्ड र स्वस्तिक लघुवित्तलगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्।
