Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
अ+ अ-

काठमाडौं – हिमालयन बैंक लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकको एफपीओमा आवेदन दिने आज साउन ४ गते अन्तिम दिन रहेको हो । बैंकले असार ३२ गतेदेखि एफपीओ निष्काशन गरेको हो। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।

बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकम बराबर प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५७ रूपैयाँ प्रिमियम थप गरी जम्मा १५७ रूपैयाँ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।

बैंकले सेयर पुँजी वृद्धि गरी पुँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्काशन गरेको हो। एफपीओ निष्काशनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७.७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७.५९ कित्ता सेयर कायम हुनेछ।

लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।

एफपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले बैंकलाई केयर–एनपी त्रिपल बी (आईएस) रेटिङ प्रदान गरेको छ। जसले समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

2