Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

काठमाडौं महानगरका २१६ सडकको नयाँ नामकरण, १०४९ किमी पुग्यो सडक संजाल

काठमाडौं महानगरका २१६ सडकको नयाँ नामकरण, १०४९ किमी पुग्यो सडक संजाल
अ+ अ-

काठमाडौं – काठमाडौं महानगरपालिकाका १८ वटा वडाभित्र २१६ वटा सडकको नयाँ नाम (पुराना नामलाई संशोधन र नयाँ नामाकरण) वडाबाट अनुमोदन भएको छ ।

१ हजार ३७ वटा पुराना नामलाई प्रमाणित गर्दै नाम नभएका सडकको नयाँ नाम अनुमोदन भएको हो । यसरी नयाँ नाम राखिएका वडाहरू वडा नम्बर १, २, ८, ९, ११, १२, १४, १६, १८, १९, २०, २१, २४, २५, २७, २८, २९, ३० हुन् । वडा नम्बर ६, २२, २३, २६ र ३२ मा छलफल हुन बाँकी छ । अन्य वडाहरूमा नक्सामाथि छलफल चलिरहेको छ ।

वडाले सडकका नयाँ र संशोधित नाम स्वीकृत गरेपछि यसलाई भवन व्यवस्था समितिको वैठकमा पेश गरिन्छ । समितिबाट पारित भएपछि यसलाई स्वीकृत गराउन कार्यपालिका बैठकमा पेश गरिनेछ ।

काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट नामाकरण भइसकेका सडकहरूलाई एकीकृत गर्ने, सडकहरूको मौलिक र बैज्ञानिक नामाकरण गर्ने, सडकसँग जोडिएका संरचना र पूर्वाधारको विवरण संकलन तथा नक्साङन कार्यक्रमको लक्ष्य हो । यसरी पथ, सडक, मार्ग र गल्लीको नक्साङन तथा नामाकरणबाट इन्भेन्ट्री (सूची) तयार गर्ने, सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपतकालीन द्रुत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ प्राप्त हुनेछ ।

१०४९ किमी पुग्यो सडक संजाल

नक्सामा महानगरपालिकाभित्र १ हजार ४९ किलोमिटर सडक देखिएको महानगरपालिकाका सूचना प्रविधि महाशाखा प्रमुख नापी अधिकृत अशोक श्रेष्ठले जानकारी दिए । यसभित्र पथ, सडक, मार्ग र गल्ली ४ हजार ९७७ वटा छन् । यीमध्ये २ हजार ४१६ वटाको नाम दिइएको छ । २ हजार ५६१ वटाको नाम दिइएको छैन ।

वि. सं. २०५८ सालमा सञ्चालन भएको काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट पथ, सडक, मार्ग र गल्ली गरी २ हजार ५७८ वटा नामाङन र नक्साङ्न गरिएको थियो । ८० हजार घरधुरीलाई मेट्रिक सिस्टममा आधारित नम्बर प्रदान गरिएको थियो ।

सडकको इन्भेन्ट्री (सूची) तयार गर्ने, वैज्ञानिक र मौलिक नामाकरण गर्ने तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न भौगोलिक सूचना प्रणाली (जिआइएस) मा आधारित नक्साङनपछि नयाँ नाम राख्ने काम भइरहेको हो ।

गत पुस ९ गतेदेखि ५ जना भौगोलिक सूचना प्रणाली इञ्जिनियर र ५ जना सिनियर सर्भेयरबाट नक्साङनको काम थालिएको हो । महाशाखा प्रमुख श्रेष्ठका अनुसार महानगरपालिकाले २०५८ सालमा काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमबाट संकलन गरिएको तथ्याङ, अहिले गरिएको ड्रोन म्यापिङ् (अर्थोफोटो) का आधारमा सबै वडाको वडागत नक्सा प्रिन्ट भएको छ । नक्सामा नाम भएका र नाम नभएका सडकलाई संकेत गरिएको छ । यो संकेतका आधारमा वडास्तरीय छलफलबाट पुरानालाई अनुमोदन गर्ने र नयाँ नामलाई वडाबाट अनुमोदन गराउने काम भइरहेको हो ।

बाटोको वर्गीकरण

काठमाडौं उपत्यका म्यापिङ् कार्यक्रमले जारी गरेको ठेगाना प्रणाली निर्देशिका २०५७ ले १४ मिटर, ४ लेन वा त्योभन्दा धेरै चौडाइ भएको सडकलाई पथ भनेको छ । १० मिटरदेखि १४ मिटरसम्मको चौडाइ भएकालाई सडक भनेको छ । ३ मिटरदेखि १० मिटर चौडाइ भएकालाई मार्ग र ३ मिटरभन्दा कम चौडाइ भएकालाई गल्ली भनेर वर्गीकरण गरेको छ ।

2