Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel

एनआईसी एशिया क्यापिटलको २१ लाख सहयोग

एनआईसी एशिया क्यापिटलको २१ लाख सहयोग
A A+ A-

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले गत भदौ १० गते आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरेको जनाएको छ ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीले सडक, पुल, बस्ती, बजार तथा जलविद्युत् आयोजनालगायतका भौतिक संरचनामा समेत व्यापक क्षति पुर्‍याएको थियो ।

एनआईसी एशिया क्यापिटलले विपद्बाट प्रभावित नागरिकप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक तथा सहयोगी संस्थाहरूको योगदानप्रति सम्मान व्यक्त गरेको छ ।

कम्पनीले स्थापनाकालदेखि नै व्यावसायिक गतिविधिसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ । यसअन्तर्गत विद्यार्थी तथा देशका विभिन्न भूभागमा बसोबास गर्ने नागरिकलाई लक्षित गरी वित्तीय साक्षरता अभिवृद्धिका कार्यक्रमसमेत सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।

2