Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

तिहारमा मादलको माग घट्दा कालीगढको पेसा सङ्कटमा

तिहारमा मादलको माग घट्दा कालीगढको पेसा सङ्कटमा
A A+ A-

ओखलढुङ्गा: तिहारको समयमा मादल बनाउने र मर्मत गर्ने काममा व्यस्त रहने कालीगढहरू अहिले फुर्सदिला बनेका छन्। कच्चा पदार्थको अभाव, आधुनिक प्रविधिको प्रयोग र नयाँ पुस्ताको अरुचीका कारण मादल बनाउने पेसा सङ्कटमा पर्दै गएको छ।

५६ वर्षदेखि मादल बनाउँदै आएका ठूलाछापका नीरकाजी बिशङ्खेले पहिले तिहारको सिजनमा मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ हुने गरेको स्मरण गरे। उनले भने, ‘पहिले मादलको काम मनग्यै हुन्थ्यो। अहिले नयाँ मादल बनाउनै छाड्यौँ, पुराना मादल मर्मत गरेर यसो बसिबियाँलो गर्दैछु।’ कुनै समय तिहारको सिजनमा डेढ लाख रुपैयाँभन्दा बढी कमाइ गर्ने गरेका उनले अहिले आम्दानी २५ देखि ३० हजार रुपैयाँमा सीमित भएको बताए।

मादल बनाउन आवश्यक पर्ने गाईगोरु, राँगा र बाख्राको छाला तथा काठ पाउन मुस्किल हुँदै गएको छ। सामुदायिक वनमा काठ काट्न नपाइने र छालाको उपलब्धता कम हुँदा नयाँ उत्पादनमा लगानी गर्न कालीगढहरू हिचकिचाउने गरेका छन्। ८० वर्षीय कालीबहादुर बिशङ्खेले पनि १२ वर्षको उमेरदेखि सुरु गरेको यो पेसामा अहिले नयाँ मादलको माग नभएको गुनासो गरे। उनले भने, ‘अहिले नयाँ मादल बनाएकै छैन। बिक्री भए त हुन्थ्यो, नभए दुःख मात्रै हुन्छ।’

मादलको प्रयोग घट्नुमा मोबाइल र डेक जस्ता आधुनिक विद्युतीय उपकरणको प्रयोग बढेको कालीगढहरूको भनाइ छ। स्थानीय कालीगढ धनबहादुर बैराङ्गी सार्कीका अनुसार नयाँ पुस्ताले पुर्ख्यौली पेसामा रुचि नदेखाउँदा सीप हस्तान्तरण हुन सकेको छैन। उनले भने, ‘अहिले छोराछोरी अलिकति हुर्केपछि बाहिरतिर हिँडिहाल्छन्। यो काममा हात लगाउँदैनन्।’

बजारमा अनलाइनबाट आउने मादलसँग प्रतिस्पर्धा गर्नुपर्ने र कच्चा पदार्थको अभावले पेसा धान्न कठिन भएको कालीगढहरू बताउँछन्। कुनै समय तिहारको सिजनमा कामको चाप थेग्न नसक्ने कालीगढहरू अहिले ग्राहकको प्रतीक्षामा बस्न बाध्य छन्।

2