Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

नेपालगन्ज नाकाबाट छब्बिस देशमा असी अर्ब अठतिस करोडको व्यापार

नेपालगन्ज नाकाबाट छब्बिस देशमा असी अर्ब अठतिस करोडको व्यापार
अ+ अ-

नेपालगन्ज- नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८१/८२ मा २६ देशसँग ८० अर्ब ३८ करोड रुपियाँभन्दा बढीको व्यापार भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार नेपालगन्ज नाकाबाट गत आवमा राजस्व सङ्कलन लक्ष्य अनुसार हुन नसके पनि सात अर्ब ७४ लाख रुपियाँभन्दा बढी व्यापार वृद्धि भएको छ । आव २०८०/८१ मा ७२ अर्ब ६३ करोड रुपियाँभन्दा बढीको वैदेशिक व्यापार भएको थियो ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले अघिल्लो आव २०८०/८१ को तुलनामा गत आव २०८१/८२ मा नेपालगन्ज नाकाबाट वैदेशिक व्यापारमा सात अर्ब ७४ करोड ५४ लाख १५ हजार रुपियाँको वृद्धि भएको बताउनुभयो । उहाँले यो नाकाबाट अघिल्लो आवमा ७२ अर्ब ६३ करोड ४९ लाख ८८ हजार रुपियाँको व्यापार भएकोमा गत आवमा बढेर ८० अर्ब ३८ करोड चार लाख तीन हजार रुपियाँ पुगेको जनाउनुभयो ।

नेपालगन्ज नाकाबाट हुने वैदेशिक व्यापारको अधिकांश हिस्सा भारतले ओगटेको जनाउँदै भन्सार प्रमुख पौडेलले अन्य २५ देशसँग पनि व्यापार भएको बताउनुभयो । भन्सार कार्यालयका अनुसार गत आवमा ७७ अर्ब ५३ करोड आठ लाख ७२ हजार रुपियाँ बराबरको आयात र दुई अर्ब ८४ करोड ९५ लाख ३१ हजार रुपियाँ बराबरको निर्यात भएको छ ।

नेपालगन्ज नाकाबाट भारत, बेलायत, मलेसिया, चीन, अमेरिका, युरोपेली सङ्घ, स्विट्जरल्यान्ड, कोरिया, जापान, भियतनाम, बेल्जियम, इन्डोनेसिया, इटाली, दक्षिण अफ्रिका, टर्की, थाइल्यान्ड, ताइवान, दुबई, ओमान, कतार, साउदी अरेबिया, सिङ्गापुरसहित २६ देशबाट सामान आयात भएको छ भने भारत, मलेसिया र अर्जेन्टिनामा मात्रै निर्यात भएको छ ।

सो कार्यालयका अनुसार यो नाका हुँदै भारतलगायतका देशबाट इन्धन, खाद्यान्न, मेसिनरीसहित ५० प्रकारका सामग्री आयात हुने गरेको छ भने यहाँबाट जडीबुटी, प्लाइउडसहित १८ प्रकारका सामग्री निर्यात गरिँदै आएको छ । भारत र मलेसियालगायतमा जडीबुटी निकासी हुने गरेको जडीबुटी व्यवसायी सङ्घले जनाएको छ ।

नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्क शर्माले नाकामा निकासी प्रक्रियालाई अझै सहज र सरल बनाउने हो भने धेरै ठुलो परिमाणमा जडीबुटी निर्यात गर्न सकिने बताउनुभयो ।

2