Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

एआई प्रतिस्पर्धामा नेपाललाई स्वदेशी क्षमता विकास गर्न विज्ञको सुझाव

एआई प्रतिस्पर्धामा नेपाललाई स्वदेशी क्षमता विकास गर्न विज्ञको सुझाव
A A+ A-

काठमाडौं। संयुक्त राष्ट्रसंघका डेटा गभर्नेन्स कार्यसमूहका सदस्य निक एस्टन-हार्टले कृत्रिम बुद्धिमत्ता (एआई) को विश्वव्यापी प्रतिस्पर्धामा नेपालले आफ्नो स्थान सुरक्षित गर्न स्वदेशी क्षमता र डिजिटल सार्वभौमिकतामा जोड दिनुपर्ने बताएका छन्।

शनिबार राजधानीमा आयोजित नेसनल एआई समिट २०२६ मा बोल्दै उनले नेपालजस्ता विकासशील मुलुकले प्रविधिमाथिको परनिर्भरता घटाउँदै स्पष्ट रणनीतिक बाटो तय गर्नुपर्नेमा जोड दिएका हुन्।

हार्टले एआईलाई केवल प्रविधिको प्रयोगका रूपमा मात्र नभई आर्थिक तथा सामाजिक रूपान्तरणको अवसरका रूपमा लिनुपर्ने बताए। उनले नेपालले स्थानीय प्रतिभा, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यमार्फत आफ्नो क्षमता विस्तार गर्न सक्ने उल्लेख गरे। यसका लागि आवश्यक कम्प्युटिङ क्षमता, डेटा सेन्टर, ऊर्जा र क्लाउड सेवा जस्ता डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने उनको सुझाव छ।

विशेषगरी नेपालको जलविद्युत् क्षमतालाई उच्च क्षमताका कम्प्युटिङ प्रणाली र डेटा सेन्टर विकाससँग जोड्न सकिने प्रचुर सम्भावना रहेको उनले औंल्याए।

साथै, नेपाली भाषा र विविधतालाई समेट्ने गरी एआई प्रविधिको विकास, दक्ष जनशक्ति उत्पादन र अनुसन्धानमा प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

एआईको विकाससँगै डेटा सुरक्षा, नागरिकको गोपनीयता र साइबर सुरक्षालाई सुनिश्चित गर्न उपयुक्त नीतिगत तथा संस्थागत क्षमता विकास गर्नुपर्नेमा उनले जोड दिए।

दुई दशकभन्दा बढी समयदेखि प्रविधि नीति र साइबर सुरक्षा क्षेत्रमा सक्रिय हार्टले विश्वव्यापी एआई प्रतिस्पर्धामा ठूला अर्थतन्त्रको मात्र वर्चस्व नहुने भन्दै नेपालले आफ्नै प्राथमिकताअनुसार भूमिका विस्तार गर्न सक्ने बताए। सम्मेलनमा नेपालसहित अमेरिका, बेलायत, जापान र सिंगापुरका विज्ञ तथा नीतिनिर्माताहरूको सहभागिता रहेको छ।

2