Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

भारतमा विद्युतीय अटो रिक्साको बढ्दो प्रयोग

भारतमा विद्युतीय अटो रिक्साको बढ्दो प्रयोग
A A+ A-

काठमाडौं: भारतमा विद्युतीय तीनपाङ्ग्रे सवारी साधनको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। तथ्यांकअनुसार भारतमा हरेक ९० सेकेन्डमा एउटा विद्युतीय अटो रिक्सा उत्पादन भइरहेको छ।

महिन्द्रा लास्ट माइल मोबिलिटीको कारखानाले माग धान्न उत्पादन विस्तार गरिरहेको छ। गत सेप्टेम्बरमा भारतमा बिक्री भएका नयाँ तीनपाङ्ग्रे सवारी साधनमध्ये आधाभन्दा बढी विद्युतीय थिए। सोही अवधिमा कारको हिस्सा ८.५ प्रतिशत र दुईपाङ्ग्रे सवारी साधनको हिस्सा ११.६ प्रतिशत मात्र थियो।

महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रमुख कार्यकारी सुमन मिश्राका अनुसार पछिल्लो पाँच वर्षमा कम्पनीको विद्युतीय सवारीको बजार छ गुणाले बढेको छ। सरकारी अनुदान, गुणस्तरमा सुधार र सञ्चालन खर्चमा आएको कमीले पछिल्ला दुई वर्षमा यसको प्रयोग तीव्र भएको छ। एक दशकअघि स्थानीय कार्यशालामा तयार पारिने ई-रिक्सा अहिले ठूला कम्पनीको प्रवेशसँगै व्यवस्थित उद्योग बनेको छ।

धेरै चालकका लागि वातावरणीय लाभभन्दा सञ्चालन खर्चमा हुने बचत मुख्य आकर्षण बनेको छ। हैदराबादका चालक अफरोज आलमले पेट्रोलबाट चल्ने अटो छाडेर विद्युतीय सवारी अपनाएपछि दैनिक सयौं रुपैयाँ बचत भइरहेको बताएका छन्। सीईईडब्ल्यूको सन् २०२५ को अनुमानअनुसार पेट्रोलबाट चल्ने तीनपाङ्ग्रे सवारीको प्रतिकिलोमिटर सञ्चालन खर्च विद्युतीय सवारीको तुलनामा दोब्बरभन्दा बढी छ।

भारतले अधिकांश इन्धन आयात गर्ने भएकाले विद्युतीय सवारीको विस्तारले आयात निर्भरता घटाउन मद्दत पुग्ने देखिन्छ। यद्यपि, चार्जिङ पूर्वाधार र पार्किङको अभावले यसको विस्तारमा चुनौती थपेको छ। मुम्बईमा पार्किङको सीमितताका कारण चार्जिङमा कठिनाइ हुने मिश्रले बताए। साथै, विद्युतीय मोटरमा प्रयोग हुने दुर्लभ खनिजका लागि चीन र दक्षिण कोरियामाथिको निर्भरता पनि चुनौतीका रूपमा रहेको छ। भारतले हाल स्वदेशी उत्पादन बढाउने प्रयास गरिरहेको छ।

2