काठमाडौं: तिहारको लक्ष्मीपूजाका अवसरमा नेपालमा विद्युतको अधिकतम माग पिक लोड १८१३ मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार साँझ ६ बजेर १५ मिनेट जाँदा सो परिमाणमा विद्युत माग रेकर्ड गरिएको हो।
यस वर्ष स्वदेशी उत्पादनबाटै माग धानिएको छ। प्राधिकरणका अनुसार आन्तरिक माग पूरा गरी ५८७ मेगावाट विद्युत निर्यातसमेत गरिएको छ।
आइतबार कुल २४०० मेगावाट विद्युत उत्पादन भएको थियो। यसमध्ये निजी क्षेत्रबाट १५३६.५० मेगावाट र बाँकी विद्युत प्राधिकरण अन्तर्गतका निकायबाट उत्पादन भएको जानकारी प्राधिकरणले दिएको छ।
