Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

तीन अर्बले बढ्यो विकास खर्च

तीन अर्बले बढ्यो विकास खर्च
अ+ अ-

नेपालगन्ज- बाँकेमा आर्थिक वर्ष २०८०/८१ को तुलनामा गत आव २०८१/८२ मा विकास बजेट खर्चमा करिब तीन अर्ब रुपियाँले वृद्धि भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय बाँकेका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीका अनुसार आव २०८०/८१ मा पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९६९ रुपियाँ विकास खर्च भएकोमा गत आव २०८१/८२ मा आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपियाँ खर्च भएको हो । अघिल्लो आवको तुलनामा गत आवमा जिल्लामा विकास खर्चमा दुई अर्ब ८१ करोड ५४ लाख २७ हजार ३९२ रुपियाँले वृद्धि भएको हो ।

उहाँका अनुसार सङ्घ अन्तर्गतका कार्यालयले बाँकेमा गत आवमा ८५.६४ प्रतिशत पुँजीगत (विकासनिर्माण) बजेट खर्च गरेका छन् । जिल्लामा सङ्घ अन्तर्गतका कार्यालयका लागि पुँजीगततर्फ नौ अर्ब ४९ करोड २२ लाख ४६ हजार ५०० रूपियाँ विनियोजन भएकोमा आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपियाँ खर्च भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार अघिल्लो आव २०८०/८१ मा पुँजीगततर्फ छ अर्ब १३ करोड २९ लाख १५ हजार ७१६ रुपियाँ विनियोजन भएकोमा पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार ९६९ रुपियाँ खर्च भएको थियो ।

बाँकेमा विकास खर्च सबैभन्दा बढी गर्ने कार्यालयमा हुलाकी सडक आयोजना, पुल योजना पश्चिम सेक्टर, सिक्टा सिँचाइ आयोजना, सडक डिभिजन कार्यालय, सङ्घीय योजना कार्यान्वयन एकाइ र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका छन् ।

प्रमुख कोष नियन्त्रक भण्डारीले यी कार्यालयले मात्रै आठ अर्ब ६० करोड, सात लाख ५० हजार बजेट प्राप्त गरेकोमा सात अर्ब ३८ करोड १७ लाख ३३ हजार रुपियाँ खर्च गरेको बताउनुभयो ।

यसै गरी बाँके जिल्लाको कुल चालु र पुँजीगत बजेट खर्च ९०.२० प्रतिशत रहेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । गत आवमा कुल चालु र पुँजीगत खर्च ९१.३७ प्रतिशत रहेको थियो ।

कार्यालयका अनुसार आव २०८१/८२ मा बाँकेलाई सङ्घीय सरकारले चालु र पुँजीगत गरी कुल २२ अर्ब पाँच करोड ५० लाख नौ हजार ७४१ रुपियाँ विनियोजन गरेकोमा १९ अर्ब ८९ करोड ४३ लाख ४० हजार २९८ रुपियाँ खर्च भएको छ ।

सोमध्ये पुँजीगततर्फ नौ अर्ब ४९ करोड २२ लाख ४६ हजार पाँच सय रुपियाँ विनियोजन भएकोमा आठ अर्ब १२ करोड ८८ लाख ९२ हजार ३६१ रुपियाँ खर्च भएको । चालुतर्फ १२ अर्ब ५६ करोड २७ लाख ६३ हजार २४१ रुपियाँ विनियोजन भएकोमा ११ अर्ब ७६ करोड ५४ लाख ४७ हजार ९३७ रुपियाँ खर्च भएको छ । आव २०८०/८१ मा बाँकेलाई सङ्घीय सरकारले चालु र पुँजीगत गरी कुल १८ अर्ब २४ करोड ७० लाख ९२ हजार ४२६ रुपियाँ विनियोजन गरेकोमा १६ अर्ब ६७ करोड ३३ लाख ३६ हजार १० रुपियाँ खर्च भएको थियो ।

2