Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

‘आर्थिक सुधारका लागि सरकार प्रतिबद्ध’

‘आर्थिक सुधारका लागि सरकार प्रतिबद्ध’
A A+ A-

बुटवल- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक अवस्था सुधारका लागि सरकार प्रतिबद्ध भएर काम गरिरहेको बताउनुभएको छ । तीन दिनदेखि रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी भएका अर्थमन्त्री पौडेलले शनिबार साँझ उद्योगी व्यवसायीसँगको छलफलमा यस्तो बताउनुभएको हो ।

नेकपा (एमाले) रुपन्देही अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति विभागले आयोजना गरेको अन्तरसंवादमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रका प्रतिनिधिले उठाएका विभिन्न विषयको जवाफ दिनुका साथै सुझाव सङ्कलन गर्नुभयो ।

सरकारले ल्याएको बजेट, मौद्रिक नीति तथा विभिन्न आर्थिक विषयका व्यावहारिक र नीतिगत समस्याबारे यहाँका निजी व्यवसायी तथा उद्योगीले सुझाव दिएका थिए । सो अवसरमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रका धेरै माग सम्बोधन गरेको बताउनुभयो ।

उहाँले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले आवश्यक तयारी गरेको बताउँदै यसलाई पूर्ण सञ्चालनमा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “गौतम बुद्ध विमानस्थल निर्माण गरेर कुनै गल्ती गरिएको छैन, यसमा सबै स्पष्ट हुनु पर्छ । सञ्चालनमा अलिकति विलम्ब भयो, विमानस्थल सञ्चालन हुन नसक्नुका कारण र सञ्चालन गर्ने विकल्प पनि पत्ता लगाएका छौँ,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “आवश्यक निर्णय गरिसकेका छौँ, त्यसले पुगेन भने पनि थप निर्णय गर्छौं । यो विमानस्थल निर्माण गरेर कसैले पनि पश्चाताप गर्नुपर्ने अवस्था आउने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।”

रुपन्देहीमा रहेको नेपाल–भारत खुला सिमाना र अवैध कारोबार रोक्नका लागि चुनौतीपूर्ण अवस्था रहेको बताउँदै अर्थमन्त्री पौडेलले व्यवसायीले नै सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । “खुला सिमानाको अवैध कारोबारलाई रोक्ने चुनौती छ । हामीले यो समस्याको समाधान गर्न सकिरहेका छैनौँ,” अर्थमन्त्री पौडेलले भन्नुभयो, “यसका लागि गृह मन्त्रालय, अर्थ मन्त्रालय र व्यवसायीले पनि जिम्मेवारी लिनु पर्छ ।”

खुला सिमानामा हुने अवैध कारोबार रोक्नका लागि सरकार प्रयासरत रहेको बताउँदै उहाँले यसका लागि व्यवसायीले पनि संयुक्त रूपमा प्रतिबद्धता गरे मात्रै सफल हुन सकिने जिकिर गर्नुभयो ।

अर्थमन्त्री पौडेलले बुटवल–नारायणगढ सडक, बुटवल–गोरुसिङ्गे सडक, बुटवल राजमार्ग चौराह–गोलपार्क सडक, मोतीपुर औद्योगिक कोरिडोर, तिनाउ दानव कोरिडोर, सेमलारमा बन्ने भनिएको अत्याधुनिक कृषि उपज र थोक बजार केन्द्र, बुटवलमा स्थापना भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्रको सञ्चालन, लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण तथा सञ्चालन, भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालनलगायतका विषयमा उठेका चासो र चिन्ताबारे चर्चा गरेका थिए ।

रुपन्देहीका विभिन्न निजी क्षेत्रका तीन सयभन्दा बढी प्रतिनिधि सहभागी कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले प्राप्त सुझावलाई समेत अध्ययन गरेर कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो ।

2