Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

दक्षिण कोरियामा रोजगारी बढे पनि युवाका लागि अवसर घट्दो

दक्षिण कोरियामा रोजगारी बढे पनि युवाका लागि अवसर घट्दो
A A+ A-

काठमाडौं: दक्षिण कोरियामा रोजगारीको संख्या लगातार चौथो महिना पनि एक लाखभन्दा बढीले वृद्धि भएको छ। सरकारी तथ्यांकअनुसार अक्टोबर २०२६ मा १५ वर्ष वा सोभन्दा माथिका रोजगारीमा रहेका व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा एक लाख ३९ हजारले बढेर २ करोड ९१ लाख ७९ हजार पुगेको छ। समग्र बजारमा सुधार देखिए पनि युवा पुस्ताले भने रोजगारीका अवसर गुमाउँदै गएका छन्।

तथ्यांक मन्त्रालयका अनुसार १५ देखि २९ वर्ष उमेर समूहका रोजगारीमा रहेका युवाको संख्या एक लाख ९६ हजारले घटेको छ। युवा रोजगारी घट्ने क्रम लगातार ४८ महिनादेखि जारी छ। युवा रोजगारी दर १.७ प्रतिशत बिन्दुले घटेर ४२.९ प्रतिशतमा झरेको छ, जुन अक्टोबर महिनाका लागि सन् २०२० यताकै न्यून हो। युवाको सहभागिता बढी हुने होटल, रेस्टुरेन्ट र खाद्य सेवा क्षेत्रमा रोजगारीको अवसर घट्दा यसको प्रत्यक्ष असर उनीहरूमा परेको छ।

क्षेत्रगत रूपमा हेर्दा आवास तथा खाद्य सेवा क्षेत्रमा एक लाख ३७ हजार, निर्माण क्षेत्रमा ४२ हजार र उत्पादनमूलक उद्योगमा ७ हजार रोजगारी घटेको छ। निर्माण क्षेत्रमा रोजगारी घटेको यो लगातार ३०औं महिना हो। यसको विपरीत स्वास्थ्य तथा सामाजिक कल्याण क्षेत्रमा दुई लाख ४९ हजार, यातायात तथा भण्डारणमा ४८ हजार र व्यावसायिक सुविधा व्यवस्थापन क्षेत्रमा ३७ हजार रोजगारी थपिएको छ।

समग्रमा १५ वर्ष वा सोभन्दा माथिका व्यक्तिको रोजगारी दर ०.१ प्रतिशत बिन्दुले घटेर ६३.३ प्रतिशतमा सीमित भएको छ। यद्यपि, १५ देखि ६४ वर्ष उमेर समूहको रोजगारी दर भने ०.३ प्रतिशत बिन्दुले बढेर ७०.४ प्रतिशत पुगेको छ, जुन सन् १९८९ मा तथ्यांक राख्न थालिएयताकै उच्च हो।

अक्टोबरमा बेरोजगारको संख्या ५६ हजारले घटेर ६ लाख २ हजारमा झरेको छ। बेरोजगारी दर ०.२ प्रतिशत बिन्दुले घटेर २ प्रतिशत कायम भएको छ, जबकि युवा बेरोजगारी दर ५.२ प्रतिशत छ। अर्कोतर्फ, आर्थिक रूपमा निष्क्रिय जनसंख्या एक लाख ७९ हजारले बढेर एक करोड ६२ लाख ९९ हजार पुगेको छ। रोजगारीको समग्र वृद्धि र युवा रोजगारीमा देखिएको निरन्तर गिरावटले कोरियाको श्रम बजारमा चुनौती थपेको छ।

2