Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

धरान कृषि बजारबाट तिहारमा ३० टन फलफूल बिक्री

धरान कृषि बजारबाट तिहारमा ३० टन फलफूल बिक्री
A A+ A-

काठमाडौं: सुनसरीको धरानस्थित कृषिउपज बजारस्थलबाट तिहारको पाँच दिनमा करिब ३० टन फलफूल बिक्री भएको छ । यमपञ्चकको अवधिमा स्याउ, अनार, सुन्तला, अंगुर र किवी लगायतका ३० हजार केजी फलफूलको कारोबार भएको बजार व्यवस्थापनले जनाएको छ ।

धरान कृषिउपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईका अनुसार यस अवधिमा करिब एक करोड रुपियाँ बराबरको फलफूलको कारोबार भएको हो । तिहारमा फलफूलको माग उच्च हुने भएकाले बिक्री बढेको उहाँले बताउनुभयो । बजारमा बिक्री भएका फलफूलमध्ये करिब ५० प्रतिशत नेपाली उत्पादन रहेको छ ।

नेपाली उत्पादनमा मुख्यगरी एभोकाडो, किवी र सुन्तला रहेका छन् । यी फलफूलहरू तेह्रथुम, धनकुटा, ताप्लेजुङ, भोजपुर र सङ्खुवासभा लगायतका पूर्वी पहाडी जिल्लाबाट सङ्कलन भएर धरान आउने गर्छन् । त्यसबाहेक स्याउ, अनार र अंगुरजस्ता फलफूल भारत र चीनबाट आयात हुने गरेको प्रबन्धक भट्टराईले जानकारी दिनुभयो ।

पहाडी जिल्ला र बाह्य मुलुकबाट आएका यी फलफूलहरू धरानका व्यापारीमार्फत इटहरी, विराटनगर लगायत पूर्वी नेपालका विभिन्न सहर र ग्रामीण क्षेत्रमा पुग्ने गरेका छन् । धरान कृषिउपज बजारस्थल कोशी प्रदेशको पूर्वी पहाडी क्षेत्रमा उत्पादित कृषि उपजको सङ्कलन, बिक्री वितरण र बजारीकरण गर्ने प्रमुख केन्द्रका रूपमा रहँदै आएको छ ।

2