Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

ढकाल र यूएईका मन्त्रीबीच भेट: नेपालमा लगानी र हवाई सम्पर्क विस्तारबारे छलफल

ढकाल र यूएईका मन्त्रीबीच भेट: नेपालमा लगानी र हवाई सम्पर्क विस्तारबारे छलफल
A A+ A-

काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले युनाइटेड अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जियुदीसँग भेटवार्ता गरेका छन्। भेटका क्रममा दुई देशबीचको द्विपक्षीय व्यापार, लगानी र पर्यटन प्रवद्र्धनका विषयमा छलफल भएको छ।

ढकालले सामाजिक सञ्जालमार्फत दुई देशबीचको आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको जानकारी दिएका छन्। आगामी वर्ष नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने सन्दर्भमा स्वर्णजयन्तीलाई विशेष रूपमा मनाउने विषयमा पनि कुराकानी भएको छ। दुवै देशका सार्वजनिक तथा निजी क्षेत्रबीच सहकार्यको गति कायम राख्न उच्चस्तरीय भ्रमण आदानप्रदान गर्नेबारे पनि छलफल भएको छ।

भेटमा ढकालले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताका लागि स्पष्ट नीतिगत र नियामकीय व्यवस्था सुनिश्चित गर्न तथा लगानीसम्बन्धी संरचना सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्। उनले यूएईका लगानीकर्तालाई नेपालको जलविद्युत्, कृषि, सूचना प्रविधि र डेटा सेन्टरमा लगानी गर्न औपचारिक निमन्त्रणा दिएका छन्। साथै, नेपालमा केबलकार तथा स्की रिसोर्टजस्ता पर्यटन पूर्वाधारमा लगानी गर्न पनि आग्रह गरिएको छ।

हवाई सम्पर्क विस्तारका सन्दर्भमा ढकालले फ्लाई दुबईले पोखरासम्म सुरु गरेको सिधा उडानको प्रशंसा गरेका छन्। उनले भैरहवासम्म पनि सिधा हवाई सेवा सञ्चालन गर्न आग्रह गरेका छन्। भैरहवासम्म उडान सुरु भएमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग यूएईको प्रत्यक्ष सम्पर्क स्थापित हुने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

2