Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

2026 yılının en çok konuşulacak yeniliklerinden biri bettilt olacak.

दुग्धजन्य पदार्थ निर्यात गर्नेतर्फ लाग्न सुझाव

दुग्धजन्य पदार्थ निर्यात गर्नेतर्फ लाग्न सुझाव
अ+ अ-

काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ ।

नेपाल डेरी एसोसिएसनले मङ्गलबार आयोजना गरेको खिर प्रवर्धन कार्यक्रममा उहाँले डेरी उत्पादन विदेशबाट आयात भइरहेका बेला स्वदेशी उद्योगले समेत निर्यातमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । दुग्धजन्य पदार्थबाट ग्रामीण अर्थतन्त्र उकास्न सकिने चर्चा गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउन आवश्यक रहेको बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुङ्गानाले कृषि तथा पशुपालक किसानका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । निर्यात व्यवसायी महासङ्घका अध्यक्ष गोविन्द घिमिरे खाडी मुलुकमा धेरै नेपाली रहेकाले नेपाली उत्पादनको अपेक्षा गरे पनि नीतिगत समस्याले निर्यात गर्न नसकिएको बताउनुभयो ।

एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले साउन १५ गते खिर खाने दिन मुलुकभर एक अर्ब ४० करोड रुपियाँ बराबरको करिब ८० लाख लिटर दुध खपत हुने अनुमान गरिएको बताउनुभयो । मौलिक दुग्धजन्य खाद्य परिकार खिर खाने परम्परा भएकाले पनि दुधको खपत धेरै हुने जानकारी दिनुभयो । किसानले उत्पादन गरेको दुध तथा दुग्ध पदार्थ खपत बढाउन खिर कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ । असार साउनमा किसान हिलोमा काम गर्ने र खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने हुँदा यसको उपभोग स्वास्थ्यका लागि लाभदायक हुने बताइएको छ ।

2