काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा एक हजार ५ सय रुपैयाँले घटेर दुई लाख ७० हजार दुई सय रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा एक सय रुपैयाँले घटेर तीन हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। अघिल्लो दिन शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
