Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel bahsegel bettilt-app.com bahsegel bahsegel bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş paribahis bahsegel güncel giriş bahsegel bettilt giriş bettilt

Türkiye’de canlı rulet, klasik ruletin dijital versiyonundan daha çok tercih edilir ve bettilt giriş bu farkı belirgin kılar.

बन्दीपुरमा पर्यटकको चाप: होटल र होमस्टे भरिभराउ

बन्दीपुरमा पर्यटकको चाप: होटल र होमस्टे भरिभराउ
A A+ A-

काठमाडौं। तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको आगमन ह्वात्तै बढेको छ। चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरका होटल तथा घरबास भरिभराउ भएका छन्। पर्यटकको चापका कारण होटलमा कोठा पाउन मुस्किल भएको छ भने कतिपय पर्यटक बास नपाएर नजिकैको डुम्रे बजारसम्म पुग्न बाध्य भएका छन्।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष राजु बानियाँका अनुसार अहिले पर्यटकको चाप थामिनसक्नु छ। उनले भने, ‘होटल तथा घरबासमा पर्यटक भरिभराउ हुँदा व्यवस्थापन गर्न पनि कठिन भएको छ।’ बन्दीपुरमा करिब ८० वटा होटल र चारवटा होमस्टे सञ्चालनमा छन्, जसको कुल क्षमता करिब १,४०० जनालाई बास बसाउने रहेको छ। यद्यपि, पानीको अभावका कारण होटलहरूले आफ्नो पूर्ण क्षमताअनुसार पर्यटक राख्न नसकिरहेको बानियाँले बताए।

होटल व्यवसायी वैशबहादुर गुरुङका अनुसार बिदाको समय घुमफिरका लागि उपयुक्त हुने भएकाले परिवार तथा साथीभाइसँग आउने आन्तरिक पर्यटकको संख्या निकै बढेको छ। पर्यटकको चापले होटल व्यवसायमा उत्साह थपे पनि सबैलाई सेवा दिन नसक्नु चुनौती बनेको व्यवसायीहरूको भनाइ छ।

बन्दीपुर आफ्नो प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति, ऐतिहासिक बजार र हिमशृङ्खलाको दृश्यावलोकनका लागि प्रख्यात छ। यहाँका खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा र मिनी ग्रेटवालका रूपमा परिचित मणि मुकुन्दसेन पैदलयात्रा पर्यटकको मुख्य आकर्षणका केन्द्र हुन्। भक्तपुरे शैलीका घरहरू र स्थानीय जीवनशैलीले गर्दा विदेशी पर्यटक पनि यहाँ आकर्षित हुने गरेका छन्। पर्यटकको बढ्दो आगमनले स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान बनाएको छ।

2