Logo

OECD 2024 verilerine göre, ortalama bir bahisçi yılda 900 dolar kazanç elde etmektedir; bu oran bettilt giriş kullanıcılarında %15 daha fazladır.

Geniş bahis seçenekleriyle spor severlerin ilgisini çeken bahsegel güvenlidir.

bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel giriş bahsegel bettilt-guncel-girisi.com bahsegel bettiltguncel.com bettilt-app.pro bettilt bettilt-app.com bahsegel bahsegel bettilt bahsegel bahsegel bahsegel bahsegel giriş bahsegel giriş

अबका युवा आइटी क्षेत्रमा अब्बल हुनुपर्छ : मन्त्री गुरुङ

अबका युवा आइटी क्षेत्रमा अब्बल हुनुपर्छ : मन्त्री गुरुङ
A A+ A-

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अबका युवाले सूचना प्रविधि (आइटी) क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनु भयो ।

आज काठमाडौँमा कान्तिपुर सिटी कलेजमा आयोजित “केसीसी एक्जीविसन–२०२५” को उद्घाटन गर्दै मन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको बताउँदै आइटीमा युवा रोजगारको प्रशस्त सम्भावना रहेको समेत सुनाउनु भयो । उहाँका अनुसार देश विदेशमा त्यहाँको सूचना प्रविधिले गरेको विकासले धेरै अगाडि पुगेको छ ।

नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र आइटी इन्फास्टक्चरको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नु परेको मन्त्री गुरुङले बताउनुभयो । तर, पनि एआईलाई नै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने विश्वास उहाँले दिनुभयो ।

“यो वर्ष हामी आइटीसम्बन्धी इन्फास्टक्चरहरुको निर्माण गर्नेदेखि फो जि घर घर पुर्‍याउने र फाइभजीको लन्च गर्ने भएका छौँ” नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो,“अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै विकास हो ।”

कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाले सूचना प्रविधिको माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसर प्राप्त गरिरहेका उदाहरण दिनुभयो । “मेहनत गर्ने र आइटीसम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुःख छैन,” उहाँले भन्नुभयो,“क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहनसमेत गर्दै आएको छ ।”

त्यस्तै, कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का सचिव डा. रविन्द्र प्रसाद ढकालका अनुसार देशमा इन्जिनियरको निकै खाँचो छ । यहाँ पढेर विदेश जाने युवा बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ भन्ने चिन्ताको विषय बन्दैछ । उहाँले युवा विदेश पलायन हुनु भनेको राज्यले सही वातावरण स्वदेशमा दिन सक्नुको परिणाम रहेको बताउनुभयो ।

यद्यपि सूचना प्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवा पनि रहेको उहाँले सुनाउनु भयो । “सूचना प्रविधिले युवा स्वदेशमै टिकाउन सकिने आधारहरु छन्, तर त्यसका लागि उपयुक्त काम गर्ने वातावरण राज्यले महसुस गराउन सक्नुपर्छ”, डा. ढाकालले भन्नुभयो । दुई दिनसम्म रहने प्रदर्शनीमा युवाले बनाएका आइटीसम्बन्धी थुप्रै नवीन कामका नमुना प्रदर्र्शन गरिएको छ ।

2